तरहरा/ फे्न्च आर्मीमा काम गर्ने पठाउने भनी १९ जना सर्वसाधरणबाट करीव २ करोड ३७ लाख ठगी गर्ने गिरोहलाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
फ्रेन्च आर्मी सम्वन्धी सुचना पत्रपत्रिकामा सुचना निकालेर विभिन्न वहाना बनाई २ करोड ३७ लाख रुपैयाँ ठगी गर्ने तिन जनालाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो ।
विभिन्न नक्कली कागजजात बनाई फ्रेन्चमा आर्मी लगाइ दिन्छु भन्दै करीव अडाई करोड ठगी गर्ने इटहरी २ का राजमान राई,धनकुटा महालक्ष्मी ४ का सुवास मगर ,धरान १५ प्रेम वहादुर मगरलाई प्रहरीले पक्राउ गरको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले जनाए । उनका अनुसार राजमान राईले इटहरीमा एक महिना अघि देखि १९ जनालाई तालिम दिएका थिए ।
भोली फल्याईट हुन्छ भन्दै दैनिक झुक्काई पछि पिडितहरुले उजुरी हालेका हुन । लाखौ ठगीनेहरुमा संजिव गुरुङ, एनिस राई,अनिसराज भण्डारी,दिवाल याक्खा,योगराज लिम्वु,जेनिसल राई,मदन लिम्वु,शौरभ लिम्वु,सुरेन्द्र चौधरी,मिलन गुरुङ ,सुजन लिम्वु ,गौतम महत,सुजन राई,राजन राई, रुपन घिमिरे,दिपेन कुमार शाह,उत्तम मण्डल, शंकर चौधरी र विवेक घिमिरे ठगिएका हुन ।
विदेश जाने भन्दै महङगाे ब्याजमा काडेको पैसा ढुवे पछि आफुहरु विचल्नीमा परेको इलाका प्रहरी कार्यलयमा भेटिएका पिडितहरुले गुनासो गरे । उनीहरुले आफुहरु ठगीएको भन्दै इलाका प्रहरी कार्यलयमा उजुरी दिएका थिए । पिडितहरुले फ्रान्सको आर्मी लगाईदिने भनेर टेनिङ गर्ने ५० हजार फ्रेन्चमा पुगेर १४ लाख तिर्नु पर्ने र मेडिकल गरवापत २३ हजार लाग्ने भन्दै १९ जनाबाटै रकम लिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौको फेन्सआर्मी सम्वन्धी सुचना गरेर मानिस वोलाएको तर काठमाण्डौको कार्यलय छैन इलाका प्रहरी कार्यलयका डिएसपी सुवेदीले भने । सर्वसाधरणबाट करोडौ ठगेको पाईयो ठगी गर्ने मध्ये एक युवा अझै फरार रहेका छन उनले थपे । उनीहरुलाई पक्राउ गरी ठगी मुद्धा दायर भएको प्रहरीले जनाएको छ ।
संस्थागत रुपमा विभिन्न मेनपावर तथा आफन्त र अन्य व्यक्तिमार्फत वैदेशिक रोजगारीमा जाने युवाहरु ठगिरहेको प्रहरीले वतायो । व्यक्तिगत मात्र नभइ पछिल्लो समय संस्थागत रुपमा विभिन्न मेनपावरमार्फत ठगी हुने क्रम बढ्दै गएको पिडितहरुले वताएका छन ।
विदेश पठाउने भन्दै रकम लिएर फरार हुनेदेखि विदेशमा पुर्याएर अलपत्र पार्ने मेनपावरका एजेण्टलाई कारवाही गर्नेदेखि क्षतिपूर्ति तिराउने र बिगो भराउनेसम्मको काम विभागको भए पनि अधिकांश मुद्दामा प्रमाण नपुगेको भन्दै दोषीले कारवाहीबाट उन्मुक्ति पाउने गरेका कारण ठगीको घट्ना बढ्द गएको छ ।