धरान/ स्थानीय तहको निर्वाचनमा तामाङ समुदायको भुमिकाको विषयमा सोमबार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
तामाङ घेदुङ संघ धरान नगर कमिटीले आयोजना गरेको अन्र्तकृयामा बोल्दै बक्ताहरुले स्थानिय तहमा राजनितिक दलहरुले उठाएका तामाङ उमेदवारको सङख्यामा कमी भएको गुनासो गरेका थिए । जातिय जनसङख्याको आधारमा प्रतिनिधित्व मुलक उमेदवारीेमा कमी भएको भन्दै बक्ताहरुले तामाङ समुदायको पहिचानका विषयमा वकालत गर्न नसक्दा राजनैतिक दल सम्म सहज पहुच पुग्न नसकेको बताएका थिए ।
स्थानिय तहको निर्वाचन पहिचानमा टेवा पुग्ने माध्यम भएकाले गणतन्त्र र पहिचानलाई संस्थागत गर्न सक्ने उमेदवार र राजनितिक पार्टीलाइ मत दिनुपने भन्दै कार्यक्रमका प्रमुख अथिति नेपाल तामाङ घेदुङ संघका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङलेले अब आफ्नो पहिचान स्थापित गर्न लागि पर्नेु पर्ने बताए ।
नेपाल तामाङ धेदुङ सँघका केन्द्रिय सल्लाहकार सुजेन्द्र गोलेले पहिचान र गुमेको अधिकार कसरी लिने भन्ने बिषयमा तामाङ समुदायले बुझ्ने समय भएको बताए ।उनले तामाङसालिन राज्यका निमित्त एकिकृत भएर लागी पर्नु पर्ने बताए । नेपाल तामाङ घेदुङ प्रदेश नम्बर १ को आयोजना र नेपाल तामाङ घेदुङ धरान नगर कमिटीको व्यवस्थापनमा केन्द्रिय सदस्य मैत बहादुर गोले ,दिलकुमार पाख्रिन, तामाङ धेदुङ संघ धरान, इटहरी, झापा,सुनसरी, काठमाण्डौ लयायतका स्थानहरुबाट सहभागिहरुको उपस्थिती रहेको थियो ।