धरान/विश्वकर्मा युवा समाजको आयोजनामा सोमबारदेखि दुईदिवसीय युवा शशक्तिकरण तालिम सुरु भएको छ । धरानमा रहेका विश्वकर्मा समूदायका ५० जना युवाहरु सहभागी छन् । तालिममा सहभागीहरुलाई मोहन श्रेष्ठ र तारा लामगादेले तालिम प्रदान गरिरहेका छन् । युवा नेतृत्व र दलित युवाहरुलाई युवा नेतृत्व विकास तालिमको आवश्यकताको विषयमा तालिम प्रदान गरिरहेको हो । तालिमको उद्घाटन सांसद मिन बिकले गरेका छन् । सांसद विकास कोषको रकमले कार्यक्रम गरिएको हो । युवराज संकरको सभापतित्वमा कार्यक्रम भएको थियो ।