धरान/ पछिल्लो समय निकै चर्चामा आएकी काङ्ग्रेस नेतृ मनिता घिमिरेले अनौठो तरिकाले धरान उमनपामा मेयर पदमा दावी गरेकी छन् ।
काङ्ग्रेसबाट उपमेयर पदमा टिकट पाउने निश्चित जस्तै भएको बेला उनले सो पद त्यागेर मेयरमा दावेदारी प्रस्तुत गरेकी हुन् ।
पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा सुनसरी काङ्ग्रेसका सभापति राजीव कोइरालालाई पत्र लेखेर घिमिरेले मेयरमा दावेदारी प्रस्तुत गरेकी हुन् ।
घिमिरेले माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएकोमा पार्टी नेतृत्वको कडा आलोचना पनि गरेकी छन् । उनले एमालेलाई सच्याउने र सही बाटोमा ल्याउने जिम्मेवारी पनि काङ्ग्रेसको भएको भन्दै पत्रमा लेखेकी छन्, ‘जनताले विवकेले मत दिने हुन् ।
तालमेल गरेर जनताको विवेकमाथि नेपाली काङ्ग्रेसले अविश्वास गर्न हुँदैन । तालमेल गरेर अरू पार्टीका लागि काङ्ग्रेसले जनमत बटुलिदिने होइन ।’काङ्ग्रेसले महिलालाई अधिकांश ठाउँमा उपप्रमुखमा मात्र उम्मेदवार बनाएको र प्रमुखमा उम्मेदवार नबनाएकोमा घिमिरेले पत्रमा कडा आक्रोश पोखेकी छन् ।
उनी लेख्छिन्, ‘पहिलो चरणको चुनाव हेरेर म यो निष्कर्षमा पुगेको छु कि महिलाले अधिकांश ठाउँमा प्रमुख पदमा दावी पनि गरेनन् । यो गल्ती सच्याउन पनि म धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाउन पार्टीसँग विनम्र आग्रह गर्दछु ।’आप्mनो उम्मेदवारीले देशभरि काङ्ग्रेसको चुनावी अभियानलाई सघाउ पुग्ने दावी पनि उनले गरेकी छन् ।
उनी लेख्छिन्, ‘नेपाली काङ्ग्रेस पहिलो चरणमा रक्षात्मक बनेर उपस्थित भएको थियो भने प्रतिस्पर्धी दलहरू आक्रामक थिए । अब काङ्ग्रेसले रचनात्मक आक्रामकताको नीति लिन आवश्यक छ ।
यसका लागि धरानसहितका प्रमुख र धेरै मतदाता भएका स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइनुपर्छ ।’उनको भनाइ छ, ‘उपयुक्त उम्मेदवार चयन गर्नु भनेको चुनाव आधा जित्नु हो ।’ उनले धरानलाई आपूmले देशकै उत्कृष्ट थलो बनाउन सक्ने दावी पनि गरेकी छन् ।