धरान/नेवार एकता समाज धरानले ‘खाना टेबुल शिष्टाचार’ बारे तालीम प्रदान गरेको छ ।शनिबार धुलिखेल समाजको भवनमा समाजका ७० जना महिला सदस्यलाई भेला गराएर तालीम प्रदान गरेको हो । नवोदय उच्चमावि होटल म्यानेजमेन्टतर्पका संयोजक गगन श्रेष्ठले सहभागीहरूलाई तालीम प्रदान गरेका थिए । उनले होटलहरूमा खाना खादा अपनाउने विधि, काँटाचम्चाको प्रयोगबारे जानकारी गराएका थिए ।नेवार एकता महिला समितिको संयोजनमा भएको कार्यक्रममा समाजका १९ वडाबाट तीनजनाका दरले महिला सहभागी बनेका थिए । समाजका अध्यक्ष विशाल श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा महिला संयोजक इन्दू श्रेष्ठ, धुलिखेल समाजका अध्यक्ष ललितमान श्रेष्ठ र कार्यक्रम संयोजक गोमा ताम्राकारको उपस्थिति थियो ।