धरान/ बहुराष्ट्रिय कम्पनी पेप्सीकोला नेपालबाट उत्पादित ‘स्लाइस’ नामक चिसो पेयमा अखाद्य बस्तु फेला परेको छ ।मोरङ विराटचोकको प्रतीक्षा खाजाघरका सञ्चालक बमबहादुर श्रेष्ठले फ्रिजमा राख्ने क्रममा अखाद्य बस्तु फेला पारेका थिए ।
उक्त विषयमा सलकपुरस्थित सव डिलरका कर्मचारीहरूलाई भन्दा ‘अाफैले खोलेर हालिस् होला’ भनेर आक्षेप लगाउँदै जे गर्न मनलाग्छ गर भनी धम्क्याएको सञ्चालक श्रेष्ठले बताए । ‘तैंले खोलिस् होला र यस्तो भयो । तैलेनै हालिस होला भन्दै उल्टै आक्षेप लगाए’, उनले ब्लाष्टकर्मीलाई फोनमा भने, ‘अझ तलार्इं जे मन लाग्छ त्यही गर भनेर धम्काउँछ ।’
उनले अाफुले तीन दिनअघि मात्रै सलकपुरको डिलर मार्फत स्लाइस लिएको बताए ।यता सलकपुरको सव डिलरमा बुझदा डिलरकी रञ्जना श्रेष्ठले अाफुले पनि अरुकै माल ल्याएर बेच्ने गरेकोले के भएको हो भन्ने थाहा नहुने बताइन् । तर, अाफ्ना कर्मचारीहरूले नराम्रो जवाफ दिएको हो भने बुझेर फोन गर्ने उनले बताइन् ।
तर, उनले ब्लाष्टकर्मीलाई पुनः फोन भने गरिनन् ।यता पेप्सीकोला कम्पनीमै फोन गरेर सुरेन्द्र केसीसँग बुझने प्रयास गर्दा उनी भैरहवा गएको भनी फोन उठाउने व्यक्तिले बताए । उनले अाफुलाइ त्यस विषयमा थाहा नहुने भएकोले केसी आएपछि सबै कुराको जानकारी गराइदिने बताए । नाम बताउनको लागि भन्दा उनले अाफु ‘यहीँ’ को स्टाफ भएको मात्रै बताए ।
उनले आप्mनो नामसमेत भन्न चाहेनन् ।यस्ता अखाद्य बस्तु बारम्बार भेटिँदासमेत अनुगमनकारी निकायहरूको ध्यान जान सकेको छैन । उपभोक्तामाथि सिधै खेलवाड हुँदासमेत बेवास्ता गर्ने कारण यस्ता उत्पादक कम्पनीहरूको मनोपोली बढ्ने गरेको छ ।