ताप्लेजुङ/विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जना कार्यकतालाई ताप्लेजुङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्वाचन विरोधि गतिविधि गर्न थालेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका मेची ब्यूरो सदस्य राजकुमार चुँडाल (राम) लाई हिजो दिउँसो हाङ्पाङबाट नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसिले बताउनुभयो ।

चुडाललाई हिजो साँझनै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ल्याईएको प्रहरीले बताएको छ । ताप्लेजुङका विभिन्न गाउँपालीकाको कार्यालयके बार्ड फाल्ने र निसेधित क्षेत्र घोषणा गर्न थालेपछि उनिहरुलाई नियन्त्रणमा लिन सुरु गरीएको डिएसपि केसिले बताउनुभयो ।

यता नेपाल कम्युनिष्ट पार्टी जिल्ला इन्चार्ज आशिषले हिजो दिउँसो गिरफ्तार गरिएका मेची ब्यूरो सदस्य राजकुमार चुँडाललाई बिना सर्त रिहाई गर्न माग गर्दै विज्ञप्ति निकालेका छन् ।

चुँडाललाई बिना कारण पक्राउ पूर्जीबिना आफ्नो घरमा बसिरहेको अवस्थामा पक्राउ गरीएको प्रति आपति जनाउँदै विना सर्त रिहा नगरे विभिन्न संघर्सका कार्यक्रम गर्न आफ्नो पाटि बाध्य हुने ईन्चार्ज आशिषद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरीएको छ ।

सो विज्ञप्तिमा विभिन्न स्थानमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकतालाई बिना कारण गिरफ्तार गरी सार्वजानिक मुद्धा लगाईएको प्रति आपक्ति समेत जनाईएको छ ।