धरान/पूर्वका विभिन्न क्षेत्रमा शुक्रबार दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा शुक्रबार राती ना ३ ख ३४८६ नम्बरको ट्रक दुर्घटना हुँदा शनिअर्जुन नपा–११ का चालक सुमन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै ताप्लेजुङको श्रीजङगा गाउँपालिका–२ मा ना ४ ख ७४१४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सोही ठाउँका ४२ बर्षिया मुगावती तामाङको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
साथै, सप्तरीमा ना ३३ प ४१२२ नम्बरको मोटरसाइलक दुर्घटना हुँदा म्यादी प्रहरी सप्तरी सबरण गाउँपालिका ३ का मीननारायण चौधरीको मृत्यु छ भने सवारी म्यादी प्रहरी सोही गाउँपालिका–१ का रगुनन्दन चौधरी गम्भीर घाइते छन् ।
त्यस्तै सिरहाको लहान नगरपालिका–१२ मा स ६ प ६१७ नम्बरको मोटरसाइकललाई अज्ञात सवारीले ठक्कर दिँदा धनगढीमाई नगरपालिका–१ का सन्तोष चौधरी गम्भिर घाइते भएका छन् भने पहिचान नखुलेका सवारको ज्यान गएको छ ।