ताप्लेजुङ/ताप्लेजुङको श्रीजंगा गाउँपालीका २ स्थित हप्पुखोलाबाट झापाको बिर्तामोड तर्फ हिडेको बस दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको मृत्यू भएको छ ।
उपचारका लागि पाँचथरको फिदिम तर्फ लैजाने क्रममा सुरुम्खिम २ ताप्लेजुङकि मुगावती तामाङको शुक्रबार राति बाटोमानै मृत्यू भएको हो ।
उनको सव पोष्टमाटमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको प्रहरीले बताएका छन् । बाँकि घाईते १२ जनाको झापाको विएण्डसि अस्पतालमा उपचार भईरहेको छ ।
फिदिममा उपचार भईरहेका १० जनालाई खतरा मुक्त भएपछि डिसचार्ज गरीएको छ । अन्य घाईते सबैलाई हिजोनै झापा पु¥याईएको थियो ।
दुर्घटनामा घाईते भएका सिनाम बहुमुखि क्याम्पस ताप्लेजुङका महेन्द्र प्रकास गौतमको अबस्था पनि खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको विएण्डसि अस्पतामा आईसियूमा राखेर उपचार भईरहेको छ ।
शुक्रबार साँझ करीब ५ः५० बजेको समयमा ना ४ ख ७४१४ नंबरको बस आफै अनियन्त्रित भइ सडक बाट करीव ५० मिटर तल खस्दा २३ यात्रु घाईते भएका थिए ।