भद्रपुर/झापाको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारी गाउँमा सय बढी घरपरिवार शौचालय विहिन रहेको पाइएको छ । [caption id="attachment_41973" align="alignnone" width="700"] फाइल तस्बिर[/caption] नेपाल सरकारले सन् २०१७ भित्र खुल्ला दिशामुक्त देश घोषणा गर्ने अभियानमा जुटिरहेको बेला भद्रपुर नगरपालिकामा पर्ने टापु आकारको गाउँ बर्षौदेखि शौचालय विहिन अवस्थामा रहेको पाइएको हो । घरमा शौचालय नहुदाँ शौच गर्न घर नजिकै खुल्ला मैदान, नदी किनार वा जंगल धाउन उनिहरु बाध्य छन् । भारतको विहार राज्यसंग जोडिएको मेचीपारीबासीले घर बनाए पनि शौचालय नबनाउने उनीहरुको परम्परा र चालचलन रहेकोले गाँउमा बषौदेखि शौचालय निर्माण हुननसकेको बुझिएको छ । गाउँमा शौचालय नभएपछि केही बर्षअघि रेडक्रस सोसाईटी महेशपुर शाखाले बजेट निकासा गरेर केही घरधुरीमा शौचालय निर्माण गरिदिएको थियो । गाँउका केही घरमा शौचालय बनेपछि गाउँबासी घर–घरमा शौचालय बनाउन सहमत भएर अभियानमा जुटेपनि शौचालय बनाउने अभियान अहिले सम्म पुरा हुन सकेको छैन । साविक महेशपुर गाविस हाल भद्रपुर नगरपालिकामा पर्ने मेची नदी पारीको गाँउमा एक सय चालिस बढी घरधुरी रहेको भद्रपुर नगरपालिकाले जनाएको छ । गाउँका अधिकाश घरधुरीमा शौचालय छैन, सौचालय निर्माणको लागी रिङ्ग राख्न खन्न लगाएको खाल्डोमा नगरपालिकाले शौचालय बनाइदिनु पर्र्योे कि पुरिदिनु पर्रर्योे भन्दै स्थानीयले गुनासो गरेका छन् । शौचालय निर्माणका लागि घर–घरमा खाडल खनेर राखेको स्थानीय जितलाल राजवंशीले बताए । तर, नगरपालिकाले शौचालयमा लगानी गर्न लागेको बजेट मन्त्रलायबाट पास हुन नसकको भन्दै निर्माण कार्य अधुरै राखेको उनको भनाई छ । हाल आएर नगरपालिकाले पच्चिस वटा शौचालय बनाइदिने आश्वासन दिएसगै शौचालय निर्माणको विषयमा पटक पटक नगरपालिकामा धाउदा कर्मचारीले अहिले हुदैन, स्थानीय चुनावपछि मात्र हुन्छ भन्दै फर्काईदिएको उनले गुनासो पोखेका छन् । गाउँमा अधिकांस घरमा शौचालय नभएपछि नगरपालिकाले शौचालय बनाइदिने अभियान ल्याएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले बताए । नेपाल सरकारको सीमा सुरक्षा कार्यक्रम अन्तरगत रहेको ११ लाख रुपैया बजेटबाट मेचीपारी र भैसाबाडी आसपासका केही गाउँमा शौचालय बनाउने नगरपालिकाले योजना ल्याए अनुसार गाउँमा खाडल खन्न लगाएको कार्यकारी अधिकृत राईले बताए । तर, मन्त्रलायले सरसफाईमा सीमा सुरक्षा कार्यक्रमको बजेट खर्च गर्ने नपाइने जनाएपछि मेचीपारीको पाँच वटा टोलका लक्षित वर्गका परिवारलाई नगरपालिकाले पच्चिस वटा शौचालय बनाइदिने राईको भनाई छ ।