इनरुवा/मधेस आन्दोलनका योद्धा तथा मधेस सेनानी बिदिलाल मेहताको बिहीबार साँझ निधन भएको छ ।
सुनसरी सदरमुकाम इनरुवा–२ साबिकको वडा नं ८ घर भएका मेहताको आफ्नै निवासमा निधन भएको हो । मेहता मधेस आन्दोलनका क्रममा आफू र उहाँका छोराले महत्वपूर्ण योगदान गरेका थिए ।
मेहताका छोरा हरि मेहता २०६२र६३ सालको तत्कालीन मधेस आन्दोलनमा प्रहरीको गोली लागी सहादत प्राप्त गरी सहिद भएका थिए । छोरा सहिद भएपछि सहिद पिताको नामले चर्चित मेहताको निधनले मधेस आन्दोलनका क्रममा अपूरणीय क्षति भएको मधेस आन्दोलनका अगुवाले बताएका छन् ।
सहिद हरि मेहताका पिता बिदिलालको बिहीबार निधन भए पनि शुक्रबार उनको अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ । मेहता मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा आबद्ध भएर मधेसका अधिकार र पहिचानको पक्षमा वकालत गर्दै आएका थिए ।
रासस