शनिश्चरे (मोरङ) /स्थानीय निकाय निर्वाचनको सन्दर्भमा मोरङको पथरीशनिश्चरे नगरमा नेपाली कांग्रेसमा तनावकाबीच उम्मेदवारी घोषणा गरिएको छ ।

बिहिबार पथरीमा रहेको पार्टीको मोरङ २ नम्बर क्षेत्रीय कार्यालयमा उमेद्वारी घोषणा गर्न पत्रकार सम्मेलनको आयोजना भएको थियो । त्यहाँ २ नम्बर क्षेत्रीय सभापति एवम् पथरीशनिश्चरे नगरपालिकाका प्रमुखका उमेद्वार गणेश खड्का बोलिरहेको बेला पार्टीका ६ नम्बर वडाका कार्यकता दिव्यमणी बर्माले पोखरामा जस्तै आफ्नो नगरमा पनि क्षेत्रीय सभापति खड्काले पार्टीलाई हराउन लागेको आरोप लगाएपछि स्थिती असहज बनेको थियो ।
अरु कार्यकर्ताले बर्मालाई सम्झाएका र कार्यालय बाहिर निस्किएका उनले ६ नम्बर वडाका अध्यक्षको उमेद्वार ज्ञानबहादुर बस्नेतलाई ‘ढोडिया शाप जस्तो काम नलाग्ने’ भनेपछि गेट मै झडपको स्थिती सिर्जना हुनुपुग्यो । उमेद्वार बस्नेत पक्षले किन ढोडिया शाप भनेको भन्दै पाखुरा सुर्किन थालेपछि बर्मा पक्ष पनि पछि नहट्दास्थित असहज बनेको थियो । मध्यस्थता गर्ने कार्यकर्ताले दुवै पक्षले आरोप प्रत्यारोप गरेर पार्टीलाई बेइज्यती गराउन खोजेको भन्दै दुवै पक्षलाई नियन्त्रणा राखेपछि झडपकोस्थिती नियन्त्रित बनेको थियो ।
तनावै तनावबीच कांग्रेसको पथरीशनिश्चरे नगरको प्रमुखमा गणेश खड्का, उपप्रमुखमा प्रमिला राईको नाम घोषणा भएको छ ।
त्यसैगरी १ देखि १० नम्बर वडामा क्रमशः प्रतित सुब्बा, मनबहादुर पाठक, विजय लिम्बू, मानबहादुर गुरुङ्ग, जोगबहादुर धिमाल, ज्ञानबहादुर बस्नेत, मणिकुमार लिम्बू, बाबुराम दाहाल, वीरबहादुर राई र सागर राई वडाध्यक्षका उम्मेदवार घोषित भएका छन् । सम्पूर्ण वडा सदस्यहरुको समेत कार्यक्रममा वितरित घोषणा पत्रमा नाम उल्लेख गरिएको छ ।
कांग्रेसका लागि यसअघिदेखि नै उम्मेदवारको विषयको विवादले हानाहानसम्मे स्थिती सिर्जना गर्दै आएको थियो । सभापति गणेश खड्काको नाम नगर प्रमुखमा शिफारिस भएपछि क्षेत्रीय कार्यालयमा कुर्सी हानाहान समेत भएको थियो । केही दिन अघि सोही कार्यालयमा बसेको बैठकमा महासमिति सदस्य बसन्त भट्टराईले सभापति खड्काले एकलौटी रुपमा मेयरमा आफैलाई उमेद्वारको शिफारिस गरेको भनेपछि दुई पक्षवीचका नेता कार्यकर्ताहरु एक्कासी आक्रमक बनेका थिए । ठेला—ठेलासम्म भएको उक्त बैठकमा कार्यकर्ताहरुले कुर्सीसम्म फ्याक्न भ्याएका थिए । पार्टी केन्द्रीय समितिको पत्र अनुसार मापदण्ड पुरा गरेरै सर्वसहमत उमेद्वारको नाम सिफारिस गरिएको खड्काको जिकिर रहँदै आएको छ ।
कांग्रेस २ नम्बर क्षेत्रबाट ३ पटकसम्म सांसदको उमेद्वार बनेका भट्टराईले भने खड्का पार्टी सभापति बन्दा अन्य अवसर नलिइ कार्यकाल भरी पार्टी चलाउने प्रतिवद्धता दिएको भन्दै अन्य आकंक्षीलाई प्रमुखको उमेद्वार बनाउनु पर्ने तर्क राख्दै आएका छन् । खड्काकै नेतृत्वमा नगर र क्षेत्रबाट उमेद्वारको शिफारिस भएपनि उम्मेदवारका अन्य अकांक्षी सहितको एक समूहले असन्तुष्ठि व्यक्त गर्दै पार्टीको जिल्ला कमिटीमा उजुरी गरेको छ ।
पार्टीले बनाएको उम्मेदवार छनौट संयन्त्रका उपसभापति रणसिंह राइले सहमति नजनाएको तथा उम्मेदवारका आकांक्षीसँग दोहोरो छलफल नै नगरी क्षेत्रीय समितिले एकलौटी रुपमा क्षेत्रीय सभापति खड्कालाई उम्मेदवार चयन गरेको असन्तुष्ठ पक्षको आरोप छ । असन्तुष्ठि जनाउनेमा प्रमुखको उम्मेदवारका दावेदार माधव कोइराला, पर्शुराम कार्की, नरेन्द्र सुब्बा र डिल्लीदेव ढुंगेल र पार्टीको पूर्वमहाधिवेशन प्रतिनिधि केशवप्रसाद दुलाल रहेका छन् । उम्मेदवारका आकांक्षी बद्री निरौलाले मात्र विमति जनाएका छैनन् ।
पार्टीको स्वय्म क्षेत्रीय सभापति खड्काले आफ्नै अगुवाईमा निर्णय गरेको कुरामा समेत आपत्ति जनाएरनिर्णय सच्चाउनु पर्ने भन्दै उजुरी गरिएको छ ।