धरान/धरानको बंगुरको कान र सेकुवाले प्रख्यात धरान–१५ को बगरकोटलाई गोर्खा बु्रअरी कम्पनीले सोलार जडान गरेको छ ।
साथै, कम्पनीले ४ वटा सिसी क्यामेरासमेत जडान गरेको छ । शान्तिसुरक्षा र २४ सै घण्टा उज्यालो प्रदान गर्नको लागि सोलार जडान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पहिलो पटक धरानमा २२ वटा सोलार बत्ति जडान गरिदिएको हो ।
करिव ३१ लाख रुपैयाको लागतमा सिसी क्यामेरा र सोलार बत्ति जडान गरेको छ । सोलार बत्ति र सिसी क्यामेराको उद्घाटन ब्रुअरीका सेल्स निर्देशक काजिमा सुब्बाले गरेका छन् । बगरकोट आसपास अव सदैब उज्यालो हुने छ । बगरकोट धरानको प्रख्यात स्थान र पर्यटनको हिसावले पनि केही अघि बढेकाले सोलार र सिसी क्यामेरा जडान गरिएको धरान इन्चार्ज प्रदीप अधिकारीले बताए ।
संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा देशभरीमा पहिलो पटक सडक सोलार बत्तिको अवधारणा धरानबाटै ल्याएको उद्घाटनका क्रममा निर्देशक सुब्बाले बताए । उनले यसले बगरकोटबासीमा शान्ति सुरक्षाको आभाष्साँगै आन्तरिक पर्यटकको विकास हुने बताए ।
उर्जा खपतलाई विशेष ध्यानमा राख्दै सोलार जडानमा अहिले कम्पनीले देशभर नै यो कार्यक्रमहरु ल्याइरहेको बताएको छ । यस अघि पनि काठमाडौंको हात्तिसारमा २१ वटा सौर्यबत्ति जडान गरेको थियो ।
तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ