काठमाडौं/गोरखाको सुलिकोट गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ ।
उक्त गाउँपालिकामा गाउँपालिका प्रमुखका उम्मेदवार विष्णु भट्टले ४ हजार ५ सय १ मतसहित जित हासिल थगरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर गुरुङले ३ हजार २२ मत ल्याए । त्यस्तै, नयाँ शक्तिका उम्मेदवार जितबहादुर घलेले १ हजार १६ मत ल्याए भने नेकपा एमालेको उम्मेदवार धनिराम घलेले ८ सय ८३ मत ल्याए ।