रुकुम/ रुकुमको आठबीसकोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका गोर्खाबहादुर केसी विजयी भएका छन् । उनले ५६२९ मत प्राप्त गरेका छन्। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटलाले ३५९५ मत ल्याएको छ ।

उपमेयरमा पनि माओवादी केन्द्रकै गीता नेपाली विजयी भएको छ । उनले ५६१८ मत ल्याएर विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी अनिता बुढाले ३१८७ मत ल्याएकी छिन् ।