ताप्लेजुङ/ताप्लेजुङको फक्ताङलुङ गाउँपालीकाको कार्यालयमा गएराति तोडफोड भएको छ ।राति करीब दुई बजे दुईजनाको संख्यामा आएका व्याक्तिले कार्यालयको बोर्ड निकाली काटेर खोल्सामा फालेको सो गाउँपालीकाका प्रमुख रामसुन्दर थापाले जानकारी दिनुभयो ।
आफु कार्यालय प्रमुखको बैठकमा सदरमुकाम आएको समयमा सो घटना भएको उहाँले बताउनुभयो । बोर्ड काटेर फाल्ने बाहेक कार्यालयमा अन्य घटना भने नभएको बताईएको छ ।सो क्षेत्रमा विप्लब नेतृत्वको नेकपा माओवादिको प्रभाव भएको र उनिहरुले सो क्षेत्रलाई निर्वाचन निसेधित क्षेत्र घोषणा गरेकाले सो घटनामा उनिहरुकै संलग्नता हुन सक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।
साँझ खेजेनिमबाट दुईजना युवक कार्यालय नजिकैको साविकको तापेथेक बजारमा लाईट किन्न आएको र लेलेप जाने भनि हिडे पनि राति उनिहरुनै आएर तोडफोड गरेको हुन सक्ने स्थानियले बताएका छन् ।
घटनामा संलग्नको हुलिया प्राप्त भएकाले खाजिकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसीले बताउनुभयो । घटनामा विप्लब नेतृत्वकै कार्यकर्ता संलग्नता भएको उहाँको भनाई छ ।