काठमाडौँ/निर्वाचन आचारसंहिता विपरीत स्वास्थ्यमन्त्री गगन थापा नेपाली कांग्रेसको प्रचारमा सामेल भएका छन्। नेपाली कांग्रेसले मादी गाउँपालिका र पोखरामा मंगलबार गरेको चुनावी सभामा कांग्रेसको प्रचार गरेका हुन्। पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार रामजी कुँवर गगनका आफन्त हुन्। कास्कीकोटमा कांग्रेसले स्वास्थ्यचौकीमा सभा आयोजना गरेर आचार संहिता मिचेको छ। ‘नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइन्न,’ निर्वाचन आचारसंहिता २०७२ को परिच्छेदमा भनिएको छ। निर्वाचन अधिकारीको कार्यालय कास्कीले गगन थापाले आचारसंहिता मिचेको बारे मौखिक उजुरी परेको जनाएको छ। पोखरामा कांग्रेस, एमाले, संघीय समाजवादी र नयाँशक्ति तथा राप्रपा लगायत पार्टीहरुले आचार संहिताविपरीत मोटरसाइकल ¥याली गरिरहेका छन्। उनीहरुले ध्वनि प्रदूषण फैलाएको गुनासो पनि स्थानीयले गरेका छन्।