धनकुटा । धनकुटामा केन्द्रीय कार्यालय रहेको काबेली विकास बैङ्कले २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैङ्कले बुधवार सम्पन्न नवौं वार्षिक साधारणसभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
चालू आवको चैत मसान्तसम्म ५८ करोड ९२ लाख ७५ हजार ९ सय ६ रुपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले सो अवधिमा ६९ करोड ५४ लाख ४२ हजार ४ सय ८० रुपैयाँ कर्जा लगानी गरेको छ । सभाले बैङ्कको शेयर संरचना संस्थापकतर्फ ५१ प्रतिशत र साधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्तावसमेत पारित गरेको बैङ्कका अध्यक्ष गोपालप्रसाद काफ्लेले जानकारी दिए ।
साथै, सभाले गोपालप्रसाद काफ्ले, जनार्दन घिमिरे, हेमराज सुवेदी र लक्ष्मीनाथ घिमिरेलाई सञ्चालकमा चयन गरेको बैङ्कका सूचना अधिकृत मोहन ढुङ्गेलले जानकारी दिए ।