इलाम/किरातीहरुको महान् चाड उभौली पर्व इलाम सहित देशैभर धुमधामका साथ मनाइएको छ । यो पर्व राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले आ–आफ्नै तरिकाले मनाउन थालेका छन् । ती समुदायल बुधबार बिहानैदेखि प्रकृति, देविदेवता र भुमीको पूजा अर्चना शुरु गरेका छन् । यो पर्वमा वालीनाली सप्रियोस, अन्नवालीमा किरा, फट्याङग्रा नलागोस, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गरिन्छ । किरात लिम्बू समुदायले किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामको आयोजनामा इलाम नगरपालिकाको ओपी धारामा रहेको साकेला थानमा पूजा अर्चना गर्दै । दिउँसो च्याब्रुङ्ग नाँचगान तथा शुभकामना आदानप्रदान र विभिन्न सांस्कृतिक कार्यक्रम र सँस्कृतिक झाँकीहरु गरिएको चुम्लुङले जनाएको छ । किरात समुदायले यो पर्वमा प्रकृतिको पूजासँगै मौलिक संस्कृति झल्काउने पोशाकमा सजिने, मीठो खाने, इष्टमित्र छिमेकीलाई बोलाएर मीठो परिकार खुवाउने गर्ने गर्दछन् । उभौली पर्वको अवशरमा राजधनी सहित किरात समुदायको बसोबास रहेको क्षेत्रमा विशेष कार्यक्रम भएका छन् । किरात समुदायले उधौली र उभौली गरि दुई पर्व मनाउँछन् । बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाइन्छ । उभौलीको अवसरमा किरात समुदायले मौलिक नाचँगान र झाँकी प्रदर्शन पनि गर्ने गर्दछन् ।