[caption id="attachment_43705" align="alignleft" width="432"] घाइते प्रहरी जवान[/caption]

धरान/केही दिन अघि धरानका एक ट्राफिक प्रहरीमाथि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डाक्टर पढ्दै गरेका (एमबिबिस) रोशनकुमार यादबले आक्रमण गरे । उनलाई अहिले सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । ट्राफिक प्रहरी जवान हिरा बरालमाथि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मुख्य गेट अगाडि नै प्रहरी जवानमाथि रड प्रहार गरि आक्रमण गरिएको थियो ।

यादवले विना हेल्मेट मोटरसाइकल चलाएको र आफूले उसको सवारी चालक अनुमतिपत्र नियन्त्रण लिएर केहीबेरपछि कार्यालय फर्कन लाग्दा यादवले पछाडिबाट आएर रडले हानेको उनले बताए ।चालक अनुमति–पत्र प्रहरीले नियन्त्रणमा लिएपछि प्रतिष्ठानको गेटको छेउमा बसेका उनले ट्राफिक प्रहरीमाथि चेकिङ सकेर फर्कन लाग्दा पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

घाइते बरालको ढाडको पछाडि र दाहिने हातको पाखुरामा गहिरो चोट लागेको छ । उनी प्रतिष्ठानमा उपचारपछि कार्यालय फर्किएका छन् । इलाका प्रहरी कार्यालय नजिकै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मुख्यगेटमा ट्राफिक चेकजाँचको लागि खटिएका एक ट्राफिक प्रहरीजवानमाथि रड प्रहारसँगै धरानको सुरक्षा व्यवस्था फितलो रहेको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।