धरान/विजयकुमार गच्छदारको सत्तारोहणलाई प्रमुख प्रतिपक्ष एमालेले ‘सरकारको अन्तिम सास’ भनेर टिप्पणी गरेको छ ।‘विजय गच्छदारलाई सहभागी गराएर सरकार विस्तार गर्ने कुरा अन्तिम उपाय लगाएर बाँच्ने कोसिस मात्रै हो ।

आयातीत डाक्टरमार्फत उपचार गराए पनि नेचुरल्ली सरकार ‘डेथ’ भइसकेको छ । ३१ वैशाखको निर्वाचनले उचित परिणाम नदिए ३१ जेठसम्म पुग्दा कसोकसो एमालेले सरकारको नेतृत्व गर्नुपर्ने सम्भावना पनि उत्तिकै देखिएको छ’, एमाले सचिव योगेश भट्टराईले भने । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।