तरहरा/ कोशी अञ्चल यातायात कार्यलय सवारीमा कर्मचारीहरुको मिलोमतोमा ५७ करोड राजश्व हिनामिना भएको घट्ना सेलाउन नपाउँर्दै कार्यलयका एक नायव सुब्बा पुन : सोमवार घुस सहित रङ्गेहात पक्राउ परेका छन । सेवाग्राहीबाट पाँच हजार नगद घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
कोशी अञ्चल यातायात कार्यलय निजि सवारीका शाखाका सुब्वा विनोद दाहाल सेवाग्राहीबाट घुस लिदा लिदै पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यलयको टोलीले सेवाग्राहीबाट पाँच हजार रुपैया घुस लिदा लिर्दै पक्राउ गरेको हो । सोमवार साडे तिन वजे सर्वसाधरण सेवाग्राहीबाट घुस लिने क्रममा उनलाई नियन्त्रणमा लिएको अख्तियार क्षेत्रीय कार्यलय इटहरी प्रवक्ता रमेश वस्नेतले वताए ।
सेवाग्राहीहरुबाट रकम लिदै गर्दा सुब्वा दाहाललाई पक्राउ गरेको अख्तियार कार्यलय इटहरीले जनाएको छ । इटहरीकै एक रिकण्डीसनमा पुरानो गाडी ब्यापारी विजय शाहबाट पाँच हजार रुपैया लिदै गर्दा दाहाललाई पक्राउ गरेको अख्तियार क्षेत्रीय कार्यलय इटहरीले जनाएको छ । कार्यलयमै पक्राउ परेका दाहालको सर्जिविन मुचुल्का गरी पक्राउ गरीएको अख्तियार प्रवक्ता वस्नेतको भनाई थियो ।
यातायात कार्यलय सवारीमा सामान्य कामको लागी पनि सेवाग्राहीले कर्मचारीहरुलाई आर्थिक रकम दिनु पर्ने वाध्यता रहदै आएको सेवाग्राहिहरूले वताएका छन । नायव सुब्वा दाहालले यस अघि पनि सर्वसाधरहरुवाट आर्थिक रकम असुल्ने गरेको कर्मचारी स्रोतले वताएका छन् । एक कर्मचारी स्रोत्रले भने, 'केहि समय अगाडी देखि नै दाहाल पैसा लिने काम गर्थे '।
केहि हप्ता अगाडी मात्र कोशी अञ्चल यातायात सवारीकै लेखापाल सुरेश अधिकारीको डिजाईनमा वर्षाै देखि लाखाै रुपैया रावश्ज अपचलन गरेको भन्दै उनी सहित पाँच जनालाई यातायात विभागले निलम्वन गरेको छ । केहि महिना अगाडी मात्र यातायात कार्यलयकै लाईलेन्स विभागका कमैचारी ४० हजार घुस सहित पक्राउ परेका थिए ।