ताप्लेजुङ/ ताप्लेजुङमा धारीलो हतियार प्रहारबाट एक युवक सक्त घाईते भएका छन् । आईतबार राति अज्ञात समुहको खुकुरी प्रहारबाट फुङलिङ नगरपालिका ३ का २१ बर्षिय मिलन पुरी घाइते भएको प्रहरीले बताएको छ ।

त्रिबेणी गाउँपलिकामा भएको बिहेबाट घर फर्किने क्रममा राती ३÷४ जनाको समुहले उनीमाथी धारीलो हतियार प्रहार गरेका थिए । घाइते पुरीको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ भने हतियार प्रहार गर्ने समुहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।