धरान /मोटरसाइकलमा आएका भारतीय नागरिकहरुले धरानमा आइतबार बिहान बालिका अपहरण गरेको भन्ने हल्ला फिजीएपछि धरानमा सुरक्षाकर्मि ,सञ्चारकर्मि तथा सर्बसाधरण घटना के हो भनेर पत्ता लाउन निकै लागि परे । तर घटनाको बारेमा अहिले सम्म कुनै सुईको कतै बाट आएको छैन ।
यो कसैको नियोजीत हल्लापनि हुन सक्ने भन्दै प्रहरीले हल्ला गर्ने ब्यक्तिको खोजी सुरु गरेको छ । यसरी प्रहरी तथा सञ्चारकर्मिलाई झुटो सुचना दिनेलाई कारबाही हुन्छ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने हामी हल्ला फिजाउनेको खोजी गरि रहेका छौं ।
आईतबार भारतीय नम्मर प्लेटको गाडिमा धरानकी एक बालिकाको अपहरण भएको हल्लाले सनसनी मचएको थियो । प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई विभिन्न स्थानमा चेकजाँचलाई तिब्र बनाए पनि हालसम्म कुनै संकेत देखा नपरेको प्रहरीले बताएको छ । धरान प्रहरीका अनुसार हालसम्म पीडितहरु प्रहरी कार्यालयहरुमा उजुरी दिन आएको अवस्था छैन् ।
घटना कहाँबाट भयो, कस्ले ग¥यो ? भन्ने सम्मको कुरो नआउँदा प्रहरी नै अन्यौलमा परेको छ । आखिर यथार्थ के हो भनेर प्रहरी लागि परेको छ । सूचना आएको केही समयसम्म प्रहरीले निगरानीलाई बढाए पनि हाल प्रहरीले घटना नभएको हुन सक्ने अनुमान लगाएको छ ।
‘अहिलेसम्म कोही पीडितहरु पनि प्रहरी कार्यालयमा आएको अवस्था छैन् ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने, ‘कसैले हल्ला फिजाएको हुन सक्छ ।’