विजयपुर/नेकपा एमाले धरानले वाड कमिटी गठन गर्ने अभियान सम्पन्न गरे सँगै टोल कमिटी गठनलाइ तिब्रता दिएको छ । एमाले धरानले टोल कमिटी गठन सँगसँगै निर्वाचनमा कसरी भोट हाल्ने भनेर मतदातालाई सिकाउन मतदाता शिक्षा कार्यक्रमपनि सञ्चालन गरिरहेको छ ।
एमाले धरानका सचिब राजमणी निरौलाले जानकारी दिए । आईतबार टोलकमिटी गठन तथा मतदाता शिक्षा कार्यक्रम अन्र्तगत धरान–१५को कञ्चनटोल मकालु बस्तीमा कार्यक्रम सम्पन्न गरिएको निरौलाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले धरानका प्रत्येक टोलमा जनताले अनुभुती गर्ने गरिका बिकाशका योजनाहरु आबश्यक भएको बताए ।
धरानका सबै सुकुम्बासी बस्तीका बासिन्दालाई अन्य नागरिक सरहको जीबनयापन गर्न सक्ने बनाउन एमालेले पहिले देखिनै पहल गरेको बताउदै स्थानिय तहको निर्बाचनबाट एमाले निर्बाचीत भए पाँच बर्ष भित्रमा धरानका सुकुम्बासी बस्तीहरु सुन्दर बस्तीको रुपमा परिणत हुने जनाए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य मञ्जु भण्डारी,एमाले सुनसरी क्षेत्र नम्मर एक का उपाध्यक्ष नरेशकुमार इवारम,एमाले धरानका सदस्यहरु रङगलाल गिरि,गणेश प्रधान,टंक तामाङ लगायतको उपस्थीती रहेको थियो ।