पानवारी । निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड पानवारीको आयोजनामा ‘सहकारी शिक्षा तथा वित्तिय साक्षरता’ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
धरान–६ स्थित सरस्वती उच्च माविको हलमा भएको १ दिने प्रशिक्षण कार्यक्रम उच्च मावि तहमा अध्ययरत विद्यार्थीका लागी लक्षित गरेर आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए ।
उच्च माध्यमिक तहमा अध्ययनरत करिब ५० जना सहभागी रहेको कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका वरिष्ठ प्रशिक्षक तथा निमित्त प्रबन्धक योगराज धमलाले सहकारी शिक्षा तथा वित्तिय सम्बन्धी प्रशिक्षण दिएका थिए । सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत ग्रामिण क्षेत्रमा रहेका युवाहरुलाई सहकारी तथा वित्तिय क्षेत्रको शिक्षा दिनका लागि कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले जनाए ।