पाँचथर / जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा चट्याङ पर्दा पाँच जना घाइते भएका छन् । जिल्लाको फालेलुङ गाँउपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेको बेला चट्याङको झड्का लागि सोही स्थान बस्ने ३० वर्षिये मन कुमार केरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

झड्का लाग्नासाथ स्थानीय स्वास्थ्य चौकिमा उपचारको लागि लगिएका उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । चट्याङको झड्काले धनमायाको तीन वटा सुँगुरपाठा समेत मरेका छन् । सोही समयमा फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङखेलुङ हाईड्रोपावरमा परेको चट्याङको झट्का लागि नजिकैको वस्तीका चार जना घाइते भएका छन् ।

घाइते हुनेमा आफ्नै घरमा बसिरहेका वर्ष २७ का भद्र दुलाल, वर्ष २५ का प्रदिप राई, वर्ष ३३ की जमुना राई र उनका छोरा वर्ष ६ को केरबिर राई रहेका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीको भनाई छ । चट्याङको झट्का लागि भद्र दुलालको एउटा भैंसी मरेको छ ।