विजयपुर/नेकपा एमाले धरानले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । स्थानिय तहको निर्बाचनमा मतदान कसरी गर्ने भन्ने बिषयमा जनतालाई सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको एमाले धरानका अध्यक्ष तथा एमाले बाट धरानका मेयरका दाबेदार तारा सुब्बाले जानकारी दिए ।
एमालेले शनिबार धरान–११ मा मतदाता शिक्षा कार्यक्रम सुरुवात गरेको छ । कार्यक्रममा बोल्दै मेयरका दाबेदार तारा सुब्बाले धरानको बिकाश र संबृद्धिकालागि एमालेले योजना बनाई सकेको बताएका थिए ।
उनले सुर्य चिन्हमा मतादन गरेर एमालेलाई बिजयी गराउन आग्रहपनि गरे । कार्यक्रममा एमाले सुनसरीका सचिबालय सदस्य पदमप्रसाद लिम्बु प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा एमालेबाट उपमेयरका प्रस्ताबित उपमेयर मञ्जु भण्डारी,साबित्री श्रेष्ठ र बेणु काफ्लेको पनि उपस्थिती रहको थियो । कार्यक्रम युवा सघं नेपाल धरान ११ र अखिल नेपाल महिला सघंको आयोजनामा सम्पन्न भएको एमाले धरानका सदस्य देबाहाङ राईले बताए ।