काठमाडौँ/नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री मार्सल जुलुम शाक्यको निधनमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
नेपाल विद्यार्थी सङ्घको संस्थापक नेता शाक्यको आज बिहान ८ बजेर ४५ मिनेटमा ७७ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो ।
काँगे्रस सभापति शेरबहादुर देउवाले स्व शाक्यको पार्थीव शरीरमा आज पार्टी कार्यालय सानेपामा पार्टीको झण्डा ओढाई उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरे ।
स्व शाक्यको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केवी गुरुङ, प्रकाशमान सिंह, तीर्थराम ढङ्गोल, भीमसेनदास प्रधानलगायत नेता तथा कार्यकताले स्व शाक्यप्रति श्रद्धाञ्जलि दिएका थिए ।
सो अवसरमा सभापति देउवाले स्व शाक्यको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्दै प्रजातन्त्र स्थापनार्थ उनले पु¥याएको योगदानलाई पार्टीले उच्च सरहाना गर्छ भने ।
उनले भने “स्व शाक्य स्वभिमानि नेता हुुनुहुन्थ्यो, प्रजातन्त्रका निमित्त उहाँले कसैसित सम्झौता गर्नुभएन ।”
शाक्य विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो झन्डा लिएर प्रदर्शनमा उत्रँदा जेल परेका थिए ।
सो अवसरमा वरिष्ठ नेता पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि शाक्यले पु¥याएको योगदान उच्च रहेको चर्चा गर्दै उनको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको छ भने ।
लामो समय जेल जीवन व्यतित गरेका शाक्य विसं २०४६ पछि गठन भएको अन्तरीम मन्त्रिपरिषद्का काँग्रेसबाट अार्पुितमन्त्री भएका थिए ।