धरान/शनिबार उदयपुरबाट खोटाङ जाँदै गरेको जीप दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । खोटाङको दित्तेल तर्फ जाँदै गरेको ना १ ज ३६१६ नम्बरको जीप हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा दुर्घटना हुँदा १० जना यात्रुसहित चालक घाइते भएका हुन् । जीप गुडिरहेकै समयमा पछाडी तिरको टायर फुत्किएपछि सडकमा पल्टिएको थियो । चालक उदयपुर कटारी नगरपालिका–१० का दिपक दर्जीसहित रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका पृथीराज राई, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाकी तेजकुमारी राई, पशुपति राई घाइते भएका छन् । त्यस्तै सुनसरीको इटहरीका नन्दकिशोर राई, उनकी श्रीमती कौशिला राई, इटहरी उपमहानगरपालिका–२ का मदन गुरुङ, उनकी श्रीमती प्रमिला गुरुङ, उनकी फुपु गंगा गुरुङ र इटहरी महानगरपालिका–२० तरहराकी कमलज्योती राई घाइते भएका छन् । घाइते मध्ये पृथीराज, नन्दकिशोर, कौशिला र दिपकलाई थप उपचारकालागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । अन्य ६ जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।