धरान/नेवार जातिहरुको छाता संगठन नेवाःदेय दवू जिल्ला समिति सुनसरीको वैठकले ६ जना सदस्यलाई मनोनित गरेको छ । धरानमा विहिवार वसेको तेस्रो पूर्ण वैठकले उनीहरुलाई मनोनित गरेको हो । दवुःको विधान अनुसार जिल्लामा १९ सदस्यीय समितिमा रहने व्यवस्था भएपनि करिव एक महिना अघि सम्पन्न अधिवेशनबाट १ अध्यक्ष र १२ जना सदस्य निर्वाचित गरेको थियो । संस्थाका अध्यक्ष तीर्थ मास्केले जाती,वर्ग,क्षेत्रको आधारलाई समेटेर मनोनित गरीएको जानकारी दिए । उनका अनुसार मनोनित हुनेहरुमा धरानबाट तारा प्रधान, गणेशकुमार प्रधान, मनिष खड्गी, इटहरीबाट चित्रमान प्रधान, वराहक्षेत्रबाट चुन्नुदेवी श्रेष्ठ र भरौलबाट दुर्गा श्रेष्ठ रहेका छन् । पदाधिकारीहरुको पदीय वाडफाड भने आगामी शनिवार इटहरीमा वस्ने वैठकले निर्णय गर्ने सदस्य भोला श्रेष्ठले जानकारी दिएकाछन् । संस्थाको विधान अनुसार निर्वाचित सदस्यहरु मध्येबाट उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ ।