विजयपुर/डिउटमा रहेका ट्राफिक प्रहरीमाथि रड प्रहार गर्ने ब्यक्तिको पहिचान भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

आज (बिहीबार) बिहान धरान–१८ स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य प्रवेशद्वार अगाडी ट्राफिक चेकिङ गरिरहेका प्रहरी जवान हिरा बरालमाथि रोशनकुमार यादबले रड प्रहार गरेका प्रहरीले जनाएको छ ।

लाईसेन्स नम्मर ०२–१३६३६० भएका यादबको रड प्रहारबाट घाईते भएका प्रहरी जवान बरालको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले रड प्रहार गर्ने यादबलाई पक्राउ गर्न टोलि परिचालन गरिएको जानकारी दिए ।