धरान / धरानमा डिउटमा रहेका एक ट्राफिक प्रहरीमाथी आज (बिहीबार) बिहान रड प्रहार भएको छ । ट्राफिक प्रहरी जवान हिरा बरालमाथी चेकजा“चको क्रममा धरान–१८ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य प्रवेशद्वार अगाडी सो घटना भएको हो । रड प्रहारबाट प्रहरी जवान घाइते भएका छन् भने उनको अहिले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । रड प्रहार कसले गरेको हो भनेर अनुसन्धान भइरहेको पनि खतिवडाले जनाएका छन् । केटीएमको डुक बाइकमा रहेको युवास“ग लाइसेन्स चेकजा“चको क्रममा सामान्य विवाद हु्“दा रड प्रहार गरेको प्रहरीले बताएको छ ।