काठमाणडाै /नेपालमा भएका भ्रष्टाचारका घटना इतिहासमा सर्वाधिक चर्चितमध्ये सुडान घोटाला काण्ड पनि एक हो । यस्ता घटनामा प्रमुखहरु जोगिएर आदेश पालकहरु मात्र दन्डित भएका छन् ।

सर्वोच्च अदालतले गत साता गरेको फैसला तात्कालिन प्रहरी प्रमुख रमेश चन्द्र ठकुरी, हिमबहादुर गुरुङ, ओमविक्रम राणाले निश्चित रकम र जरिमाना बुझाई जेलसमेत जानु पर्ने छ । यस फैसला पछि घोटला काण्डको पटाक्षेप भएको देखिन्छ । तर यसै भ्रष्टचार काण्डका प्रमुख नायिकेहरुले उन्मुक्ति पाएको छ । यस काण्डमा गृहमन्त्रीहरु वामदेव गौतम, कृष्ण प्रसाद सिटौला र भीम रावल तथा तत्कालिक गृहसचिवहरु उमेश मैनाली र गोविन्द कुसम मुख्य नायिकेको रुपमा देखिन्छ । झण्डै तीस करोड रुपैया बराबरको रकममा तलमाथि गर्ने गरी भएको भ्रष्टचार आइजीपि र सो भन्दा तलको तहका अधिकृत मात्र मिलेर गरेको भन्न सकिन्न ।

लोकमानसिंह कार्की अख्तियार प्रमुख रहदा उनले सुडान घोटलाबारे पुन अनुसन्धान गराउने र अनुसन्धानको दायरामा तात्कालिन गृहमन्त्रीहरु र सचिवहरुलाई ल्याउने गरी प्रकृया अगाडि बढाएका थिए । लोकमान सिंह विरुद्ध महाभियोग प्रस्ताव ल्याइनु पनि सुडान घोटला एक प्रमुख काण्ड मानिन्छ । भ्रष्टाचार काण्डमा ठुला जति जोगिएका छन् । साना जतिले कैद र जरिमाना दुवै सजाय पाएका छन् । यदि कार्कीलाई अख्तियारबाट नलखेटिएको भए वामदेव गौतम, भीम रावल , कृष्णप्रसाद सिटैला , गोविन्द कुमुम, उमेश मैजाली समेत दण्डित हुने निश्चित मानिएको थियो ।