शनिश्चरे/प्रधान न्यायाधिस सुशीला कार्कीमाथि सरकारले लगाएकाे महाअभियोग प्रस्तावको विरुद्धमा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ मोरङले मंगलबार विराटनगरमा हस्ताक्षर संकलन गरेको छ ।
भ्रष्टाचार विरुद्ध साहसिक काम गरेर इतिहासमा नाम लेखाउन लागेको सर्वाेच्च महिलामाथि अनाहकमा आरोप लगाइएको भन्दै संघकी अध्यक्ष कृष्णकुमारी राईको अगुवाईमा टफिक चोकमा विहान ८ बजेदेखि साढे ४ बजेसम्म हस्ताक्षर गरिएको छ । २५ मिटर सेतो कपडामा हजारौंले गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला मार्फत सरकारलाई बुझाइएको एमालेका पूर्व जिल्ला अध्यक्ष महेश रेग्मीले बताए । कार्यक्रमको औचित्प प्रष्ट्याउँदै अध्यक्ष राईले प्रधान न्याधिस कार्कीमाथिको महाअभियोग राजनीतिक प्रतिशोधको रहेकाले त्यसखाले असोभनिय कार्यको घोर भत्सर्ना गर्दै महाअभियोग फिर्ता लिनु पर्ने जनदवावका लागि हस्ताक्षर संकलन गरेको जनाइन् । अभियानमा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष रामलाल शाह, पूर्व अध्यक्ष महेश रेग्मी सहित पार्टीका नेताहरु तथा विभिन्न जनवर्गीय संगठनका साथै सर्वसाधारणले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा एमाले पार्टी बाहेकका कार्यकर्ता समेत ठूलो संख्यामा रहेको बुझिएको छ ।