काठमाडौं /महान्यायधीवक्त्ता रमन श्रेष्ठको दबाब र प्रभावमा परी प्रधानन्यायधीश सुशीला कार्कीलाई महाभियोग लगाइएको भेटिएको छ ।
नाटकीय ढंगबाट आइतबार महान्यायधीवक्त्ता रमन श्रेष्ठको सक्रियता र उनकै डिजाइनमा नेपालको पहिलो महिला प्रधान न्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता भएको हो । एकातिर कांग्रेस सभापति शेरबहादुर देउवामाथि अदालतको मानहानी मुद्धा,अर्कोतिर देउवाले रोजेका आइजिपि जयबहादुर चन्दको निर्णय उल्टाइदिएपछि देउवा निवास वूढानिलकण्ठमा पटक पटक सुशीला कार्कीलाई महाभियोग लगाउने विषयमा छलफल चलेको खबर थियो । अर्कोतिर, नवराज सिलवाललाई कीर्ते कागजात बनाइ फसाएको स प्रमाण प्रधानन्यायधीश कार्कीसँग थियो । सोही कागजातका आधारमा भोलीका लागि तय भएको इजलाशबाट प्रहरीका आइजिपिमा नवराज सिलवाललाई नै बनाउने पक्का थियो । सोही कागजात रमण श्रेष्ठको हातमा पुग्यो । नवराज सिलवाल कार्यसम्पादनमा पहिलो नम्बरमा रहेको भन्दै उनको वैध अपेक्षा पुरा गर्न परमादेशको पूर्ण पाठ हात पारेका रमण आइजीपी विवादमा सर्वोच्चले सरकारको निर्णय उल्टाउँने चाल पाएपछि अदालतले सोही मुद्दामा आउँदो मंगलबार अन्तिम सुनुवाई गर्दै थियो।
पहिलो, ३० चैतमा सर्वोच्चले बैशाख १९ गते अन्तिम सुनुवाईको म्याद तोक्दै सबै डकुमेन्ट मगाएको थियो। जसमा
दोश्रो पटक अदालत नवराज सिलवालले दायर गरेको रिटमा किर्ते डकुमेन्ट राखिएको भन्दै सरकारले सिलवाललाई पक्राउ गरेपछि बोलेको थियो। जसका विरुद्ध अदालतले १२ बैशाखमा भन्यो (२०७३ चैत ८ मा जारी भएको रिट आदेशद्वारा स्थापित तथ्य र न्यायिक मान्यता प्रतिकूल हुने गरी कथित छानबिनको नामबाट विविध कारबाही प्रक्रिया अगाडि बढाएको देखियो।)
तर मुद्दाको अन्तिम सुनुवाईको ठिक दुई दिन अघि सुशीला माथि महाभियोग लागेको छ। जसमा सबैभन्दा धेरै जोड आइजीपी प्रकरणलाई दिइएको छ। महाभियोग दर्तासँग कार्की निलम्बनमा परेकी छिन्।
महाभियोगको डिजाइनर हुन् महान्याधीवक्ता रमन श्रेष्ठ। त्यसो त रमनले यसबीच महाभियोगको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठ निवास पुगेरै भेटका थिए। देउवाको आक्रामकता र रमन श्रेष्ठको निरन्तरको फलोअप पछि प्रधानमन्त्री प्रचण्ड माथि दबाब बढ्यो।
जसका कारण आफैँ सरकार प्रमुख भएका बेला संवैधानिक परिषद्बाट सुशीला कार्कीलाई न्यायाधीश बनाएका प्रचण्डले सर्वोच्चबाट उनैलाई निकाल्न महाभियोग लगाउन सहमति जनाए।
यसकाठमाणडाैंबाट