चतरा /माओबादी केन्द्रले बराह नगरपालिकामा आफ्नो उमेद्धारी घोषणा गरेको छ । अन्य पार्टीको हकमा माओबादि केन्द्र ले पहिलो पल्ट सबै उम्मेदवारी को नामावली घोषणा गरेको हो ।
बराह नगरपालिका का सबै वडाहरू मा सर्वसम्मत नाम आएपछि चुनावी घोषणा सभा कार्यक्रम आयोजना गरि माओबादि केन्द्र ले शनिबार आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।
माओबादि केन्द्र पोलिटव्युरो सदस्य तथा जिल्ला निर्वाचन परिचालन समिति सदस्य मुक्साहाङ मेन्याङबो लिम्बू को प्रमुख अतिथ्यमा सम्पन्न सभामा केन्द्रीय सदस्य तथा बराह नगरपालिका निर्वाचन परिचालन समिति इन्चार्ज निर्मल बरालले उम्मेदवार हरूको नामावली घोषणा गरेका थिए ।
घोषणा सभामा सल्लाहकार समिति सदस्य भरौल ५ का कमल बा कटुवाल लाई मेयर र प्रकाशपुरका संगिता किराँती का नामावली घोषणा गरेका हुन भने अध्यक्ष हरूमा वडा नं १ बाट तुलसी पाण्डे ,वडा नं २ बाट पारसमणि न्यौपाने , वडा नं ४ बाट महेन्द्र ठाकुर ,वडा नं ५ बाट अमित गौतम,वडा नं ६ बाट भोगेन्द्र दागि, वडा नं ७ बाट सुमन आचार्य,वड नं ८ बाट बाबुराम सुवेदी ,वडा नं ९ बाट मालति लिम्बू ,वडा नं १० बाट संगिता माझी र वडा नं ११ का राजकुमार शाह को नामावली इन्चार्ज बरालले घोषणा गरेका हुन भने वडा नं ३ को अध्यक्ष को घोषणा भने केहिदिनमा गरिने उनले बताए ।
११ वटै वडाका सदस्य हरूको नामावली समेत बरालले घोषणा गरेका थिए।केन्द्रीय सदस्य तथा जिल्ला परिचालन समिति सदस्य राजन कटुवालको सभापतित्वमा सम्पन्न सभाका अतिथि हरूमा केन्द्रीय सदस्य निर्मल बराल र नेपाल पत्रकार महासंघ सुनसरिका पुर्व अध्यक्ष केशव घिमिरे रहेका थिए।वराहनगरपालिका वडा नं ७ महेन्द्रनगर स्थित कालिमन्दिरको सभाहलमा सम्पन्न चुनावि घोषणा सभालाई पुष्प ढुंगानाले सञ्चालन गरेका थिए भने गणेश पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गरेका हुन।