चतरा/ वराह नगरपालिका वडा नं २ बराहक्षेत्र अन्तर्गत साविक वडा नंबर ६ को मधेसी टोलमा नेपाली काङग्रेशले चुनाव प्रचार प्रसार समिति गठन सँगै पार्टी प्रवेश कार्यक्रम गरेको छ। पार्टी अध्यक्ष नारायण नेपाल ले सञ्चालन गरेको कार्यक्रममा स्थानिय रमेश राईको संयोजकत्वमा ४१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । पार्टी प्रवेश कार्यक्रममा साविक बराहक्षेत्र वडा नं ५ वगुवा बाट २९, लालबस्तिबाट २५, मधेसी टोलबाट २९, फुलबारिबाट ३७ र पार्टी कार्यलयमा प्रवेश गरेको ५ जना गरि १२५ जना काङ्ग्रेस मा प्रवेश गरेको पार्टीले बताएका हुन।राप्रपा ,एमाले र माओबादि केन्द्र का सक्रिय सदस्यहरू काङ्ग्रेस मा प्रवेश गरेको अध्यक्ष नेपालले जानकारी दिए। काङग्रेशका नव प्रवेशिहरूलाई क्षेत्रिय प्रतिनिधि तेजप्रसाद सुवेदी ,सल्लाहकार समिति संयोजक ओम कुमार शर्मा ,वडा नं १ का अध्यक्ष उम्मेदवार शुरेश श्रेष्ठ र वडा नं २ का अध्यक्ष उम्मेदवार हरिकृष्ण भट्टराईले संयुक्तरूपमा अविर लगाई स्वागत गरेका थिए।