विजयपुर/एमाले धरानले स्थानि तहको निर्बाचन प्रचारका लागि धरानका १९ वडा वाडमा कार्यालय खोली सकेको जनाएको छ ।शनिबारपनि धरान–१ र ४ नम्मर वडामा निर्बाचन प्रचारप्रसार समितीको कार्यालय उद्घाटन गरिएको एमाले एमाले धरानका सचिब राजमणी निरौलाले जानकारी दिए ।

वडा नम्मर १को कार्यालय उद्घाटन गर्दे संसद कृष्णकुमार राईले स्थानिय तहको निर्बाचन भनेको आफ्नो सरकार आफै बनाउने अवसर भएको बताए ।कार्यक्रममा बोल्दै नेकपा एमाले सुनसरीका सचिवालय सदस्य तथा धरान इन्चार्ज प्रदीप भण्डारीले धरानका अधिकाशं जनता एमालेको पक्षमा रहेको बताए ।

निर्बाचन परिचालन कमिटीका सह संयोजक समेत रहेका भण्डारीले कार्यकर्तालाई अन्य कामलाई थाति राखेर निर्बाचनमा होमिन आग्रह गरे । कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले धरानको बिकाश र धराने जनताको संबृद्धिकोलागि एमालेको जीत आबश्यक रहेको बताए ।

धरानको अनुभबि र परिपक्व पार्टि भएकाले धरानको बिकाशको नेतृत्व एमालेले मात्र गर्न सक्ने उनको भनाई थियो । यसैगरि धरान –४को निर्वाचन प्रसार प्रसार समितीको कार्यालयपनि शनिबार नै उद्घाटन भएको छ ।

उद्घाटन समारोहमा संसद कृष्णकुमार राई,एमाले सुनसरीका सचिवालय सदस्य मुरारी सुबेदी तथा एमाले धरानका अध्यक्ष तथा मेयरका दाबेदार तारा सुब्बाले बोलेका थिए ।