विजयपुर/नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल)सुनसरीको भवन शनिबार उद्घाटन भएको छ । भवनको ट्रेड युनियन महासघं (जिफन्ट)का केनिद्रय अध्यक्ष विष्णु रिमालले भवनको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दे उनले अब सबै सबै मजदुरको सुबिधा सरकारी कर्मचारी सरहको हुनु पर्ने बताएका छन् । एमाले नेतृत्वको सरकारले मजदुरहरुको पक्षमा ऐन नै संशोधन गरेर नयाँ ब्यबस्थ ागर्न लाग्दा षडयन्त्र पुर्वक सरकार ढालेर ऐन नै पास हुन नसकेको बताए ।अहिले हामीले ऐन पारित गराउन आग्रह गरि रहेका छौं उहाँहरु मानि रहनु भएको छैन रिमालले भने ।
स्थानिय तहको निर्बाचनपछि एमाले देशकै ठुलो दल बन्ने र ठुलो दलको हैसियतमा बन्ने सरकारले मजदुरहरुको समस्याहरु समाधानकालागि धेरै काम हरु गर्ने उनले बताए । स्थानियतहको निर्बाचनमा एमालेलाई जिताउन एकजुट भएर लाग्नपनि अध्यक्ष रिमालले मजदुरलाई आग्रह गरे ।
अब राज्यका हरेक तहमा मजदुरहरुको सहभागिता हुनु जरुरी छ,अब बन्ने संम्रचना र नीतीले मजदुरलाईपनि समेट्ने भन्दै उनले आफु र अरु भन्दापनि एमालेलाई जिताउने बिषयमा गम्भिर भएर लाग्न उनले आग्रह गरे ।कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तथा मेयर पदका उमेद्धार तारा सुब्बाले अब हरेक क्षेत्रका मजदुरहरुको मालिक हुने अवसर आएको बताए ।
स्थानिय तहको निर्बाचनपछि गठन हुने स्थानिय तहले कार्यपालीका,ब्यबस्थापिका तथा न्यापालीकाकै कामपनि गर्न सक्ने भएको आबश्यक ऐन ल्याएर भएपनि मजदुरहरुको समस्याहरु समाधान गर्न आफु प्रतिबद्ध रहेको बताए ।एमालेले बिगत देखिनै मजदुरहरुको पक्षमा बिभिन्न क्षेत्रमा आन्दोलन गर्दै आएको बताउदै उनले अब मजदुरहरु मालिक बन्ने दिन आएको बताए ।
कार्यक्रममा जिफन्टका केन्द्रिय सदस्य मुक्तिनाथ गिरी,क्युपेकका महासचिब मनोहरी शिवाकोटी,जिफन्टका राष्ट्रिय अध्यक्ष तथा प्रदेश नम्मर एकका संयोजक दिपक पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तब्य क्युपेक सुनसरीका कोषाध्यक्ष हेम सेडाईले दिएका थिइ भने कार्यक्रमको अध्यक्षता अध्यक्ष बालकृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रम सचिब कमल काफ्लेले सञ्चालन गरेका थिए ।