तरहरा/ कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यलयका राजश्व हिनामिना गर्ने मुख्य अभियुक्त लेखापाल सँग अरब भन्दा बढिको सम्पती रहेको खुलसा भएको छ ।
कराडौ सरकारी राजश्व घाटला गर्ने लेखापाल सुरेश अधिकारीको सभाप करोडको गाडी, कराडौ मुल्य बराबरको ३ वटा सुविधा सम्पन्न घर र तिन जना श्रीमती रहको खुलसा भएको हो ।
विगत ८ वर्ष देखि आर्थिक चलखेल गरी इटहरी बस्दै आएका लेखापाल अधिकारीको करोडौ मुल्य बराबरको ३ वटा घर रहको खुलसा भएको छ । इटहरीमा एक विराटनगरमा दूई र काठमाण्डौमा एउटा सुविधा सम्पन्न घर भएको प्रमाणित भएको अख्तियारले जनाएकाे छ ।तर अधिकारीको विराटनगरमा दुईबटा घर रहेको भए आंशका मालपोत मार्फत सम्पत्ती खोजी जारी गरी सम्पूर्ण अधिकारीको आफन्त तथा उनको सम्पती रोक्का गरीएको अख्तियार क्षेत्रीय प्रमुख प्रेमप्रसाद भट्टराईल जनाए ।
उनले प्रत्येक घरमा सिसि क्यामरा समेत जडान गरेको खुलसा भएको हो । लेखापाल अधिकारीले सभा करोड भन्दा धेरै पर्ने टोईटाको फरचुर्नर गाडी चड्दै आएका छन् । हेडौडाको ब्यापारीको नाममा गाडी लिएर उनल चड्दै आएका थिए । अधिकारीको ३ जना विवाह दर्ता गरेको श्रीमती छन् उनले तिनै जना श्रीमतीलाई एक एक बटा घर दिएर राख्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग क्षेत्रीय कार्यलय प्रमुख भट्टराईले बताए ।
उनले भने करोडौ मुल्य बराबरको घरमा तिन जना श्रीमती राखेको पाईयो । अधिकारी सहित उनका आफन्तहरुको समेत सम्पती रोक्का गरीएको छ उनले भने ।
विगत ८ वर्ष देखि उनले माथिल्लो निकायलाई समेत आर्थिक प्रलोभनमा पारी कराडौ रुपैया कमाउने गरेका थिए । स्थानीय युवाहरु समेत दैनिक कार्यलयमा आउँने र उनीहरुलाई समेत पैसा बाढ्ने गरेको एक युवाले नाम नखुलाउँने सर्तमा बताए । उनले भने केहि स्थानीय नाम चलेका युवाहरुलाई ढुक्क पालेका थिए । ती युवाहरुको फोर्समा कार्यलयका कर्मचारीहरुलाई पनि उनले वेवस्ता गर्ने गरेको ती युवाले नाम नखुलाउँने सर्तमा बताएका हुन् । विल भरपाई विनाका करोडौ रुपैयाँ लामो समय देखि अपचलन हुर्दै आउँनुमा ग्लोवल बैकको पनि संलग्नता रहेकोे आंशकामा सम्पूर्ण बैंकको विवरण मागको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय प्रमुख भट्टराईले जनाए । आर्थिक भ्रष्टाचारका घट्नामा पहिलो भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले अनुसन्धान अधिकृत तोकेर छानविन सुरु भएको बताए । लेखा र बैङ्क कर्मचारीहरु समेतको मिलेमतोमा भ्रष्टाचार भएको कर्मचारीहरु बताउँछन् । केहि दिन अगाडी मात्र स्थानीय नेतालाई करीव १५ लाख रुपैया दिएर सरुवा रोक्न विभागमा दवाव दिए सँगै अधिकारी विरुद्ध विभागले छानविन सुरु गरको थियो । ५६ करोड ५८ लाख आर्थिक भष्ट्राचार गर्ने मुख्य अभियुक्त लेखापाल अधिकारी सहित कार्यलय प्रमुख उपसचिव नयाँराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, रुद्रप्रसाद दाहाल र नायब सुब्बा टिका बास्तोलालाई मन्त्रालय तथा यातायात व्यवस्था विभागले बुधवार निलम्बन गरेको थियो ।सेवाग्राहीबाट उठाइने राजश्वलाई आम्दानीमा नराखी आफै लिएर ५६ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेको देखिएकोले विस्तृत छानविनको लागि निलम्बन गरी कारवार्हीको लागी अनुसन्धान सुरु भएको छ । गरिएको जनाएको छ ।