पाँचथर / पाँचथर जिल्लामा आसन्न स्थानिय तहको निर्वाचनमा हुन सक्ने बालबालिकाको प्रयोग रोक्न अनुगमन संयन्त्र तयार गरीएको छ । जिल्ला वाल कल्याण समितिको आज सम्पन्न भेलाले महिला विकास अधिकृत निर्मला मिश्र संयोजक रहेको ९ सदस्य स्थानिय निर्वाचन वाल अधिकार अनुगमन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा हुकोडेक नेपालका अध्यक्ष प्रेम ओझा, मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूहका अध्यक्ष तथा सञ्चारकर्मी लेखनाथ खतिवडा, सिड नेपालका सचिव टिका राई, पत्रकार महासंघका अध्यक्ष लवदेव ढुंगाना, गैर सरकारी संस्था महासंघका सदस्य नवीन ढुंगेल, जनउद्धार संघका सदस्य लक्ष्मी सुहाङ, वालक्लव सञ्जालकी सदस्य सुनिता न्यौपाने र वार इकाइ पाँचथरका प्रतिनिधि समेत सम्मिलित समिति गठन भएको अनुगमन समिति संयोजक एवं महिला विकास अधिकृत मिश्रले बताए ।

समितिले निर्वाचनमा बालबालिकाको प्रयोग भए सुरुमा सम्बन्धित दल वा प्रतिनिधिलाई सचेत गराउने जनाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला वालकल्याण समितिका संयोजक विनोद खड्काको अध्यक्षतामा सम्पन्न भेलाले वाल अधिकारको अनुगमनलाई प्रभावकारी ढंगवाट संचालन गर्ने निर्णय समेत गरको छ ।