इलाम⁄  नेकपा माओवादी केन्द्र इलामले इलाम नगरपालिकाको मेयरका लागि प्रभास शर्मालाई सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै उपमेयरमा प्रेमकुमारी गुरुङको नाम सर्वसम्मतले सिफारिस गरिएको नेकपा माओवादी केन्द्र इलामका सचिव जीवन शर्माले बताए । यस्तै माई नगरपालिकामा मेयरका लागि भक्त लुङ्गेलीको नाम सिफारिस गरिएको छ भने उप मेयरका लागि धनमाया लिम्बुको नाम सिफारिस गरिएको छ । जिल्लाको देउमाई नगरपालिकामा पार्टीका पाँच जना केन्द्रिय सदस्यहूको नाम चर्चामा रहेकाले सिफारिस गर्न सकेको छैन भने उपमेयरमा शान्ता बस्नेतको नाम सर्वसम्मत सिफारिस गरिएको छ । सूर्योदयन नगरपालिकामा छविराज राईको नाम सिफारिस गरिएको छ भने उपमेयरमा टुङ्गो लाग्न सकेको छैन । त्यस्तै फाकफोकथुम गाँउपालिकामा अध्यक्षमा राजकुमार गोदारको नाम सिफारिस गरिएको छ भने उपाध्यक्षमा लक्ष्मी मुखियाको नाम सिफारिस गरिएको छ । च्ुालाचुली गाँउपालिकामा अध्यक्षमा तुला लावतीको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा धनमाया पोख्रेलका्े नाम सिफारिस गरिएको छ । माङसेवुङ गाँउपालिकामा लक्ष्मण राई जनमको नाम सिफारिस गरेको छ भने उपाध्यक्षमा टुङ्गो लागेको छैन । सन्दकपुर गाँउपालिकामा प्रेम नाछिरिङ राईको नाम सिफारिस भएको छ । उपाध्यक्षमा नाम टुङ्गो लागेको छैन । त्यस्तै रोङ गाँउपालिका नवराज कट्टेलको नाम सिफारिस भएको छ उपाध्यक्षमा नाम आउन बाकीँ रहेको छ र माईजोगमाई गाँउपालिकामा अध्यक्षमा देवी सिवाकोटकिो नाम सिफारिस भएको छ भने उपाध्यक्षमा टुङ्गो लाग्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।