पथरी/ खम्बुवान राष्ट्रिय मोर्चा नेपालको केन्द्रिय उपाध्यक्ष सहित एक हजार भन्दा बढी कार्यकर्ता खम्बुवान परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार पथरीशनिश्चरे १, स्थीत पत्रकार महासंघ मोरङको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै खम्बुवान पार्टी परित्याग गरेको घोषना गरेका थिए । जातिय र क्षेत्रीय पहिचानको पक्षमा सर्घष गरेर मुलुकको हित हुन नसक्ने ठहर गर्दै खम्बुवान राष्ट्रिय मोर्चाकाका केन्द्रिय उपाध्यक्ष डि.स (दिनेश) खम्बु,केन्द्रिय उपाध्यक्ष तथा केन्द्रिय नारी प्रमुख अनिता राई, केन्द्रिय सहसचिव सुर्य राई, केन्द्रिय सदस्यहरु डम्बर राई,थामसिंह राई,विकास राई,मनकुमारी राई,अल्बिना राई,राज राई,पचन राई,दिपक राई सहित जिल्ला कमिटिका प्रमुख सहित एक हजार एमालेमा प्रवेश गरेको हो ।

नेपालको संविधान २०७२ ले पहिचानका कुरा गर्दै आन्दोल गरि रहेका सबैको माग पुरा भइसकेको र पहिचानको निम्ति अव आन्दोलन आवश्यक नरहेको उपाध्यक्ष खम्बुले पत्रकार सम्मेलनमा वताए । पहिचानको निम्ति अव आन्दोलन आवश्क छैन, खम्बुले भने–‘पहिचानको जनआन्दोलन जरुरी छैन्’ जन–आन्दोलन पश्च्यात प्राप्त गरेका उपलब्धीहरुलाई संस्थागत गर्दै संविधानसभाले ल्याएका नयाँ सविधानलाई कार्यन्वयनतर्फ अघि वढ्नु पर्छ ।

खम्बुवान राष्ट्रिय मोर्चाका उपाध्यक्ष डि.एस खम्बुले विगतमा आफु कम्युनिष्ट भएर जन्मेको र नेकपा एमालेमा काम गरेका स्मरण गरे । आठवर्ष भयो, पहिचानको आन्दोलनमा सहभागि भएर काम गरेको खम्बुले भने,–‘सबैको माग पुरा भएको छ, भूमिको आधारमा राज्य माग्यो भने देशनै टुक्रन्छ, देशमा जातीय दन्द्व सृजना हुन्छ, त्यसैले हामी एमालेमा प्रवेश गरेको हो ।’ मोरङको उत्तरी लेटाङ्मा राजनितिसंगै वित्तिय संस्था मार्फत सामाजिक क्रियाकलामा सक्रिय रहेका खम्बुले आफु र आफ्नो पुरानो घरमा फर्केको वताए । नवप्रवेशीहरुलाई स्वागत कार्यक्रममा नेकपा एमालेका एक नम्बर प्रदेश सदस्य रामकुमार बस्नेत र प्रदेश सल्लाहकार धनश्याम खतिवडाले स्वागत गरेका थिए । कार्यक्रममा एमाले मोरङ जिल्ला सदस्य भुपेन्द्र लावोतीको संचालन रहेको थियो ।