विराटनगर / पूर्वाञ्चलबाट राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने तीनवटा उपमहानगरपालिका विराटनगर, इटहरी र धरानमा नेकपा एमालेबाट मेयर र उपमेयरमा नाम सिफारिस भएको छ ।

विराटनगर उपमहानगरपालिकामा मेयरमा जिल्ला अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्ष महेश रेग्मी, उपाध्यक्ष रामलाल साह संगठन विभागका प्रमुख बाबुराम कार्कीको नाम मेयर पदका लागि सिफरिस भएको छ । यस्तै उपमेयरमा सावित्रा रेग्मी, शिल्पा कार्की र विमला घिमिरेको सिफरिस भएको छ । उपमहानगर र जिल्ला कमिटीको बैठकले उनीहरुको नाम प्रदेश कमिटीसमक्ष सिफारिस गरेको हो ।

यस्तै धरान उपमहानगरपालिकामा मेयर पदका लागि तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी, बेणु काफ्ले र सावित्री श्रेष्ठको नाम सिफरिस भएको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकामा मेयरमा प्रदेश कमिटी सदस्य तथा पूर्व मेयर सर्वध्वज साँवा, पार्टी अध्यक्ष द्वोरिकलाल चौधरी, नगर इन्चार्ज रामप्रसाद चौलागाईंको नाम सिफरिस भएको छ । यसैगरी उपमेयरमा जिल्ला कमिटी सदस्य तथा अनेमसंघ पूर्व नगर अध्यक्ष विष्णु शर्मा नेपाल, जिल्ला कमिटी सदस्य अम्बिका चौधरी, जिल्ला कमिटी सदस्य अमला श्रेष्ठ र जिल्ला कमिटी सदस्य लक्ष्मी गौतमको नाम सिफरिस भएको छ ।

नगर र जिल्ला कमिटीले सिफारिस गरी पठाएका नाममाथि आइतबार बस्ने प्रदेश कमिटीको बैठकले छलफल गरी निर्णय लिनेछ ।  –चक्रपथबाट