धरान /नेकपा एमाले धरानले स्थानिय तहको निर्बाचनलाई केन्द्रित गर्दै आफ्नो गतिबिधीलाई तिब्रता दिएको छ । चुनाबी प्रचारमा नेपाली काङग्रेश र माओबादी केन्द्र भन्दा अग्रस्थानमा एमाले देखिएको छ ।
एमाले धरानले यस पटक धरानका २० वटै वडामा आफ्नो जीत हासिल गर्ने लक्ष्य लिएको छ । निर्बाचनका कार्यक्रमलाई प्रचार गर्न एमालेले धमाधम प्रचार प्रसार कार्यालयहरु उद्घाटन गरिरहेको छ ।कार्यालय उद्घाटन अन्तर्गत बिहिबार नेकपा एमाले १४ नम्बर वडा कमिटीले निर्वाचन प्रचार प्रसारको लागि कार्यालय उद्घाटन गरेको छ ।
बुधबार कार्यालय उद्घाटन गर्दै निर्वाचन परिचालन मूल कमिटीसमेत गठन गरेको छ।बिहार पोखरेलको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन मूल कमिटी गठन भएको हो । जसको संयसंयोजकमा अम्बिका सम्बाहाम्फे रहेका छन् । कार्यालयको उद्घाटन सांसद कृष्णकुमार राईलगायतले गरेका थिए ।त्यस्तै धरान–६ पानबारीमा पनि वडा कमिटीको कार्यालय उद्घाटन गरिएको छ ।बिहीबार एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरिएको हो ।
जिल्ला उपाध्यक्ष रमेश बस्नेतले कार्यालय उद्घाटन गरेका थिए । यसैबीच निर्वाचन परिचालन कमिटीसमेत गठन गरिएको छ ।यसैबिच नेकपा (एमाले) धरानका नेताहरुले धरानको बिकाश निर्माण गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने बताएका छन् । धरानको बिकाश निर्माण जो सुकैको नेतृत्व भएपनि स्वीकार गर्नु पर्ने बताएका छन् । बिहिबार निर्बाचन प्रसार समितीको कार्यालयहरु उद्घाटन गर्ने क्रममा नेताहरुले यस्तो बताएका हुन् ।
धरान १५ मा निर्बाचन प्रचार प्रसार समितीको कार्यालयको उद्घाटन कार्यक्र्रममा बोल्दै संसद कृष्णकुमार राईले बिकाश निर्माणका सवालमा जनताको बाहेक अरु कसैको कुरा सुन्न नहुने बताए । कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले विकास निर्माण जसले गरेपनि त्यसर्लाइ स्वीकार गर्नु पर्ने बताए ।
अहिले काङग्रेश तथा माओबादी केन्द्रका नेताहरुले धरानका केही योजनाहरु आफुले ल्याएको भनेर भ्रम र्छर्दै हिड्ने गरेको भन्दै बिगतमा तिनै दलले बिरोध गरेर रोकिएका योजनाहरु आफैले ल्याएको भनेर दाबि गर्नु लाजमर्दो भएको बताए । कार्यक्रममा एमालेका जिल्ला , क्षेत्र तथा नगरका नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो । बिहिबार नै धरान ५ स्थीत देउरालीमा पनि निर्बाचन प्रचार प्रसार समितीको कार्यकालय उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन संसद कृष्णकुमार राईले गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दे एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले एमालेको अबको एजेन्डा भनेकै बिकाश र संबृद्धि भएको बताए । सुकुम्बासीले बसोबास गरेको जमिनको धनिपुर्जा उपलब्ध गराउने एमालेको पहिलो कार्यक्रम रहेको समेत उनले बताए ।
स्थानिय तहको निर्बाचनमा सुर्य चिन्हमा मतदान गरि एमालेलाई बिजय गराउनपनि उनले आग्रह गरे । बिहिबार नै धरान ८ मा पनि निर्बाचन प्रचार प्रसार समितीको कार्यालय उद्घाटन भएको छ । कार्यालयको उद्घाटन संसद कृष्णकुमार राईले गरेभने कार्यक्रमलाई तारा सुब्बा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।