काठमाडौं/मधेशीवादी पाँच दलहरुबीच एकता भएको छ ।
तस्बिरः रासस
बिहीबार काठमाडौं महन्थ ठाकुरले नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीबीच एकता भएको हो ।
यो एकतासँगै पार्टीको नाम पनि राष्ट्रिय जनता पार्टी राखिएको छ । जसमा मधेशी शब्द हटाइएको छ । बुधबार साँझदेखि बिहीबार बिहान तीन बजेसम्म बसेको बैठकले पार्टी एकिकरण सम्भव भएको हो । एकतासँगै राजपा नेपालको पाँचौ ठूलो दल बनेको छ । मधेस केन्द्रित राजनीति गरिरहेका दलहरुबीच भने राजपा सबैभन्दा बढी सिट भएको छ ।
नयाँ दल राजपाले आफ्नो चुनाव चिन्ह छाता तय गरेको छ । त्यसैगरी झण्डाको बीचमा पनि छाता नै राख्ने निर्णय गरेको छ । महन्थ ठाकुरलाई अध्यक्ष बनाइएको छ । जसमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने अटाएको छैन् । फोरमले नयाँ शक्तिसँग एकताको लागि पहल गरिरहेको छ ।