तरहरा/नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले तोकिएकै समयमा चुनाव पक्का हुने बताएका छन् । चुनाव हुदैन की भन्ने आशंका नगर्ने कार्यकर्ताहरुलाई आग्रह गदै उनले भने चुनाव पक्का हुन्छ शंका नर्गन अाग्रह गरे । नेपाल विद्याथी संघ प्रदेश नम्वर एकले आयोजना गरेको चुनाव विशेष प्रशिक्षण कार्यक्रममा वोल्दै शर्माले चुनाव हुनेमा कुनै आशंका नभएको वताएका हुन । उखान टुक्काका कारण केहि दल रिसाएको भए पनि चुनाव यही सरकारले गराउँने उनको भनाई थियो । स्थानीय निर्वाचनमा काग्रेसले देशभर वहुमल ल्याउँने उनको दावी थियो । काग्र्रेस भित्र गुट चाही अन्त्य हुनु पर्छ शर्माले भने । अर्को नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले पनि चुनाव हुनेमा विश्वस्त हुन कार्यकर्ताहरुलाई आग्रह गरेका छन । काग्रेस एक ढिक्का भएर चुनावी मौदानमा होमिने हो भने काग्रेसले स्थानीय निकायमा वहुमत पाउँने पक्का हो उनले भने । प्रशिक्षण कार्यक्रममा वोल्दै उनले विद्यार्थीहरुलाई चुनावमा होमिन आग्रह गरे । नेपाल विद्यार्थी संघ प्रदेश नम्वर एकले नेपाली काग्रेसलाई स्थानीय निकायमा जिताउँन रणनिति तयार गर्ने थालेको वताएको छ । नजिकिदै गरेको स्थानीय निर्वाचनलाई मध्यनजर गदै नेपाल विद्यार्थी संघले प्रदेश नम्वर एकका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको नेपाल विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष विकास केसीले विद्यार्थीहरुलाई चुनावमा होमिन आग्रह गरे । उनले भने आफ्नो नेपाली काग्रेसलाई जिताउँन आ आफ्नो क्षेत्रमा विद्यार्थीहरु लागी परेको वताए । नेपाल विद्यार्थी संघका पूर्व केन्दिैय उपाध्यक्ष तथा नेपाली काग्रेसका महासमिति सदस्य राजिव ढुंगानाले विद्यार्थीहरु गाउँ गाउँमा गएर पार्टीलाई सहयोग गर्नु पर्ने वेला आएको वताए । उनले भने विद्यार्थीहरुकै कारण नेपाली काग्रेसले स्थानीय निकायमा ठुलो सफलता हात पार्ने छ । विद्यार्थी नेताहरुले नेपाली काग्रेसलाई जिताउँन सक्रिय रहने वताएका थिए । नेपाल विद्यार्थी संघ केन्द्रिय समिति प्रदेश नम्वर एकको प्रमुख विकास केसीको संयोजनमा भएको प्रशिक्षण कार्यक्रममा नेपाल विद्यार्थी संघका सुनसरी सचिव मन्दिप भट्टराई, केन्द्रिय सदस्य सुन्दर खेवागं,ममता राई लगायतका ३ सय वढि नेविसंघ सम्वद्ध विद्यार्थीहरुको उपस्थित रहेको थियो ।