झापा / नेपालमा के कानुन छ के छैन,कस्लाई कानुन लाग्ने हो अनि कस्लाई होईन । सडक मा दुर्घटना बढ्दो क्रममा छ तर कार्यन्वयन गर्ने निकायनै मौन छ, राज्यका ठुला नेताको भाषण सुन्न जादा नत सवारीलाई कानुन लाग्छ नत कारवाही नै हुन्छ ,सबैलाई खुल्ला छ यतिबेला स्थानिय निर्वाचनको कुरा सँगै सबै जिल्लामा चुनावी माहोल तातेको छ । सबै दलका नेताहरु चुनावको प्रचार प्रसारमा लागेका छन् । अनि प्रचार प्रसारमा देखिएको यो तस्विर आफैमा काफि छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बिहीबार झापा आएका छन ।उनको भाषण सुन्न हरेक क्षेत्रबाट गाडि रिजार्व गरिएको थियो । सडकका अधिकार्ष सवारी कार्यक्रममै ब्यस्त भएका थिए । सवारीको क्षमता भन्दा बढि मात्रमा कार्यकर्ता हरु यसरि सवार भईरहदा कारवाहि गर्ने निकाय प्रहरी प्रशासन मौन बन्यो । स्वयम सरकारमा भएको पाटिका कार्यकर्ताले यस्तो गर्दा सम्बन्धीत पाटी ले कुनै चासो देखाएको छैन्। माओवादी भ्रातृ संगठन वाईसीएल र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बिर्तामोडस्थित धर्मकाँटामा आयोजित सभालाई सम्बोधन गर्दैछन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा आयोजित सभालाई चुनावी सभाकै रुपमा हेरिएको पार्टीका जिल्ला संयोजक विजय सम्पाङ्गले बताए। सभामा १५ हजार जनतारकार्यकर्ता उतार्ने माओवादीको लक्ष्य छ। त्यसअघि निस्कने र्‍यालीले बिर्तामोड नगर परिक्रमा गदैछ । सभामा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की, नेता गोपाल किराती लगायतले सम्बोधन गर्नेछन्। झापा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला पनि हो। ओलीको गृहजिल्लामा प्रधानमन्त्रीको चुनावी भाषणलाई महत्वका साथ हेरिएको छ। यसअघि नेपाली काँग्रेसले पनि झापामा चुनावी सभा गरिसकेको छ। एमालेले भने मेचीमहाकाली अभियानका क्रममा सभा गरेको थियो।