शनिश्चरे /भौगोलिक विकटताका कारण सरकारी निकायबाट समेत अपहेलनामा परेको पथरी शनिश्चरे १० को जिरिखिम्ती टोलमा यसअघिका निर्वाचनमा उम्मेदवारको खडेरी हुन्थ्यो ।

सरोकारवाला निकायमा राजनीतिक पहुँच समेत पुग्न सक्दैनथ्यो । तर यसपाली आफैं सक्रिय बनेर टोलको चौतर्फी विकासमा जुट्ने अभियान स्वरुप  त्यहाँ ३ पार्टीबाट र एक स्वतन्त्र गरी ५ जना स्थानीय निकायको उम्मेदवार बनेका छन् ।सो टोलबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगरपालिकाको उपप्रमुखमा भरतप्रसाद पोखरेल उम्मेदवारको आकांक्षीमा छन् । उनीसँगै पथरी क्षेत्रका कमल नेपाल र कृष्णप्रसाद घिमिरेले उम्मेदवारको प्रतिष्पर्धामा छन् । राप्रपाबाट वडाध्यक्षमा जिरिखिम्तीका जीवन कटुवालको उम्मेदवारी टुंगो लागेको छ । वडा सदस्यमा, नेकपा एमालेबाट अनोज घिमिरे, कांग्रेसबाट दीपक राई र स्वतन्त्रबाट दीपेन्द्र दहाल उम्मेदवार बनेका छन् ।

[caption id="attachment_41463" align="aligncenter" width="479"] दिपेन्द्र दाहाल[/caption]

पोखरेल राप्रपाका जिल्ला वरिष्ठ उपाध्यक्ष हुन् । कटुवाल नगर अध्यक्ष, सोही टोलको डाँसमोरङ्गी सामुदायिक वन समूह अध्यक्ष तथा पथरी जेसीजका पूर्व अध्यक्ष हुन् । घिमिरे एमालेको टोल कमिटी अध्यक्ष तथा राई डाँसमोरङ्गी सामुदायिक वन समूहको पूर्व उपाध्यक्ष र कांग्रेसको सदस्य, दहाल कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समिति अध्यक्ष हुन् ।

[caption id="attachment_41464" align="aligncenter" width="774"] भरत पाेख्रेल[/caption]

यसअघि एमालेका पुराना कार्यकर्ता उद्धव विक ०४८ मा निर्वाचित र ०५४ मा मनोनित वडा सदस्य बनेका थिए । तर पनि टोलको विकासमा स्थानीय निकायबाट कुनै पहल हुन सकेको थिएन । २ किलोमिटर पूर्वमा पर्ने हालको पूर्वको विकासको गतिमा रहेको पथरी बजार भन्दा पुरानो वस्ती हो जिरिखिम्ती । पथरीमा भन्दा पुरानो वसस्टेण्ड थियो त्यहाँ । मुख्य राजमार्गको यातायातको सुविधा पाएको वरपर हरियाली रहेको प्राकृतिक मनोरमस्थलका रुपमा चिनिन्छ । वि.सं १९७० ताका नै धिमाल समुदायको बसोबास रहेको टोल यसअघि शनिश्चरे गाविसको वडा नम्बर १ मा पर्दथ्यो । टापुको रुपमा अर्को भूभाग जस्तो ठानेर सम्बन्धित निकायको खासै चासोको विषय नबनेको टोललाई ०५४ सालताकाको हवाई सर्भेमा अपायक पर्ने बयरबन गाविसमा पारिएको समेत थियो । डाँस र मोरङ्गी खोलाको बीचमा टापुका रुपमा रहेको तथा पूर्वपश्चिम मुख्य सडकको उत्तर र दक्षिणमा रहेपनि सडक भन्दा वस्ती निकै होचो भएकाले समेत विकास निर्माणमा समस्या रह्यो । १ किलोमिटर चौडाई र डेढ किलोमिटर लम्बाईमा फैलिएको ग्रामिण सानो टोल हो यो । टोलमा अढाई घर परिवारका ५ सय मतदाता रहेका छन् ।

खेतीका लागि उर्वर ठाउँ हो । खेती किसानी गर्ने मानिसहरुको बसोबास रहेकाले पनि शहरीकरणको विकासमा खासै चासो भएन । सम्बन्धित निकाय आफैंले झन के चासो दिन्थ्यो ? स्थानीयको सक्रियतामा सामाजिक कामहरु पनि अन्यत्रको तुलनामा खासै अघि बढ्न सकेनन् । खोला कटानको समस्या भोग्दै पर्यटन प्रवद्र्धनको सम्भावना बोकेर वसिरह्यो । पूर्वको पुरानो र चर्चित वनभोजस्थल हो त्यहाँको डाँसखोला किनार क्षेत्र । यसखाले राम्रो सम्भावना भएर पनि पछि परेको जिरिखिम्तीको चौतर्फी विकासका लागि आआफ्नो पार्टीबाट पहल गर्ने भन्दै आफु आवद्ध पार्टीमा उम्मेदवारीका लागि दावेदारी गर्दै टोलका लागि उम्मेदवार बन्न सफल भएको सवै उम्मेदवारले बताए । ‘यहाँको सम्भावनालाई केलाएर चौतर्फी विकासका लागि हामी आफैं अघि बढ्नु पर्छ भनेर युवाहरुको विशेष पहलमा म उम्मेदवार बनेको छु।पार्टीमा यस टोलबाट पनि प्रतिनिधि चुन्न उम्मेदवारको कोटा दिनै पर्छ भनेर बारम्बार भनिरहँदा सुनुवाई भएको छ ।’– त्यस टोलका पढेलेखेका वौद्धिक युवामा गनिने एक उम्मेदवार अनोज घिमिरेले भने ।

[caption id="attachment_41466" align="aligncenter" width="786"] अनाेज घिमिरे[/caption]

आफुले अव यस टोलका लागि केन्द्रसम्म नै पहल गरेर विकासको गति दिनका लागि उपप्रमुखको प्रतिष्पर्धामा आफु आएको त्यहाँका पुराना वासिन्दा भरत पोखरेलले उल्लेख गरे । टोलको विकासमा आफैं जुट्ने अभियान केही महिनाबाट सुरु भएको छ । साँघुरा बाटाहरुलाई घर घरबाट पैसा उठाएर फराकिलो बनाउने काम भएको छ । यही टोलको विकासलाई अगाडि बढाउने अभियान स्वरुप जिरिखिम्ती पुछार देवीथान पूर्वबाट डाँस खोलामा पुल निर्माण गरेर ऐयावारी जोड्ने पहल थालिएको छ । जसका लागि जिरिखिम्तीका शिवप्रसाद भट्टराई र ऐयावारीका मोहन कार्कीहरुको विशेष पहलमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग पुल्चोकमार्फत जिल्ला विकास समितिबाट पुल निर्माणको नापजाँच भएको छ । दक्षिणबाट कानेपोखरी गाउँपालिकाको विहीबारे जोड्न मोरङ्गी खोलामा पनि पुल निर्माणका लागि स्थानीयले पहल गरिरहेका छन् । ‘टापु बनेको टोलको निकासको ठाउँ भएमा विकासको गति समेत अगाडी बढ्ने भनेर बन समितिले समेत मोरङ्गी खोलामा पुल निर्माणको योजना बनाउँदैछ ।’– अर्का उम्मेदवार जीवन कटुवालले भने । आफ्नो टोलबाट बनेका उम्मेदवारलाई पार्टीगत हिसावले हेर्ने भन्दा पनि टोलगत हिसावले हेरेर समग्र टोलको विकासका लागि सवैजनालाई जिताउन लाग्नु प्रमुख आवश्यकता भएको जिरिखिम्ती टोल विकास संस्थाका अध्यक्ष अर्जुन पोखरेलको भन